Logo

सुशासनका लागि नजिक र टाढा कसैलाई नछाड्ने प्रधानमन्त्रीको चेतावनी



काठमाडौं, ८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनका लागि नजिक र टाढा कसैलाई नछाड्ने बताएका छन् । जतिसुकै चुनौती आएपनि आफू सुशासन र सिस्टमाका लागि लडिरहने बताए ।

‘सिस्टमका लागि कोही नजिक र कोही टाढा भनेर कसैलाई छाड्दिनँ,’ आज प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको पुस्तक आर्थिक समृद्धी विमोचन गर्दै ओलीले भने, ‘जुनसुकै चुनौतीको सामना गर्छु तर सिस्टमका लागि लडिरहन्छु ।’

पौने घन्टा भाषण गरेका ओलीले सुशासन र सिस्टमका लागि लड्दा आफ्नो पद धरापमा पर्न सक्ने चेतावनी आएको समेत सुनाए । जुनसुकै चेतावनी आएपनि आफू पछि नहट्ने बताए ।

सञ्चारमन्त्री गोकुल बाँस्कोटोल सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिशनको सेटिङ गरेको अडियो टेप सार्वजनिक भएलगत्तै ओलीको उक्त भनाई सार्वजनिक भएको हो । ओलीको निर्देशनमा बाँस्कोटाले राजीनामा दिइसकेका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्