Logo

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा संलग्न छैनौं- स्वीस राजदूतावास



काठमाडौं, ८ फागुन । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिशनको सेटिङमा स्वीस कम्पनिको स्थानीय एजेन्ट भनिएका विजय मिश्रसँग कुनै सम्पर्क नगरेको नेपालस्थित स्वीटजरल्याण्डको राजदूतावासले दाबी गरेको छ । आज प्रेस विज्ञप्तिमार्फत् दूतावासले सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटासँग यसबारे कुनै भेटवार्ता नगरेको समेत जनाएको छ ।

विज्ञप्तिमा दूतावास यो प्रकरणमा संलग्न नभएको समेत जनाएको छ । स्वीस कम्पनिको स्थानीय एजेन्ट भनिएका व्यक्तिप्रति राजदूतावास सचेत नभएको र संलग्न समेत नभएको उल्लेख गरेको छ ।

खरिद प्रकरणमा स्वीस कम्पनिले समेत प्रयास गरेको र कमिसनको प्रस्ताव मन्त्रीलाई राखेको अडियो टेप सार्वजनिक भएपछिको समाचारप्रति स्वीस दूतावासले धारणा सार्वजनिक गरेको हो ।



प्रतिक्रिया दिनुहोस्