Logo

एमसीसी मुद्दा बनिरहँदा परराष्ट्रमन्त्री ज्ञवालीले भेटे अमेरिकी उच्च अधिकारी



काठमाडौं, ८ फागुन । अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी संसदबाट पारित गर्ने विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र विवाद कायमै रहँदा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उच्च अमेरिकी अधिकारीहरुसँग भेटवार्ता गरेका छन् । उनले आजै परराष्ट्र मन्त्रालयमा अमेरिकी कँग्रेसका एशिया प्यासिफिक मामलाको अमेरिकी विदेश मन्त्रालयको उपसमितिका प्रमुख अमी बेरा र स्रोत, बजेट र इथिक्स कमिटिका सदस्इ जर्ज होल्डिङसँग भेटवार्ता गरेका हुन् ।

भेटमा दुई पक्षीय सम्बन्धका बारेमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । एमसीसी संसदबाट पारित नभइरहँदा अमेरिकी कँग्रेसका सदस्यहरुको नेपाल भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot