Logo

उच्च रक्तचाप



काठमाडौ, माघ ८ । हाइपरटेंशन वा उच्च रक्तचापलाई कहिलेकाहिँ धमनी उच्च रक्तचाप पनि भनिन्छ । उच्च रक्तचापको कारण जब धमनीमा रगतको दबाब बढ्न जान्छ , रगतमा धमनीमा रगत प्रवाह गर्नको लागी दिलको सामान्यबाट धेरै काम गर्नुपर्ने आवश्यकता हुन्छ । रक्तचापमा सिस्टोलिक र डायस्टोलिक दुई मापन हुने गर्छ । सामान्य समयमा रक्तचाप १००–१४० mmज्न सिस्टोलिक र ६०–९० mmज्न् डायस्टोलिक को सीमामा हुने गर्छ । जब ९०÷१४० mmज्न् लगातार भएमा उच्च रक्तचाप भएको मानिन्छ ।

हाइपरटेंशन प्राथमिक उच्च रक्तचाप तथा उच्च रक्तचापमा दूई भागमा वर्गिकरण गरीएको छ । ९०–९५ प्रतिशत मामले “प्राथमिक उच्च रक्तचाप” को रुपमा लिएको छ भने ९५ प्रतिशत भन्दा माथीलाई “उच्च रक्तचाप”मा राखिएको छ ।

यसका लक्षण
साधारणतया उच्च रक्तचापको कुनै लक्षण नै हुदैन । कसैलाई धेरै समयसम्म पनि आफुलाई उच्च रक्तचाप भएको थाहा नै हुदैन ।
 टाउको दुख्ने
 चक्कर लाग्ने
 शिथिलता आउने
 सासमा समस्या
 निदा नलाग्ने
 सास फुल्नको लागि धेरै मेहेनत गर्नुपर्ने
 नाकबाट रगत निस्कनु

कारण
 अनियमीत जीवनशैली
 खानपान
 चिन्ता
 क्रोध
 भय

नियन्त्रण
 मैदाबाट बनेका खानेकुरा नखाने
 चीनी, मसालदार, तेल, घिउ, अचार, मिठाई , मासु, चुरोट, चिया, र अल्कोहल नखाने
 नियमीत खानामा काचोँ फल ,सलाद, प्रयोग गर्ने



प्रतिक्रिया दिनुहोस्