Logo

खतिवडाले सञ्चार र नेम्वाङले सहरी विकासको जिम्मेवारी पाए



काठमाडौं, ८ फागुन । गोकुल बास्कोटाले मन्त्री पदबाट राजीनामा दिएलगत्तै खाली भएको सञ्चार र सहरी विकासको जिम्मेवारी सरकारका दुई मन्त्रीलाई दिइएको छ । सञ्चारको जिम्मेवारी अर्थमन्त्री डा. युवराज खतिवडालाई दिइएको छ भने सहरी विकासको जिम्मेवारी भौतिकमन्त्री वसन्तकुमार नेम्वाङलाई दिइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बाँस्कोटाको राजीनामा स्वीकृत गरेलगत्तै खाली मन्त्रालयमा खतिवडा र नेम्वाङलाई जिम्मेवारी दिएका हुन् । समाजवादी पार्टीले सरकार छाडेपछि सहरी विकास बाँस्कोटाले हेर्दै आएका थिए भने कानुन मन्त्रालयको जिम्मेवारी स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाइ दिइएको छ ।

अब सरकारमा तीन मन्त्रीले दोहोरो मन्त्रालयको जिम्मेवारी पाएका छन् । योसँगै अब सरकारमा नयाँ थपिने मन्त्रीहरुको समेत चर्चा चलेको छ ।



प्रतिक्रिया दिनुहोस्