Logo

केपी ओलीले लोकतन्त्रलाई संकटमा पार्दैहुनुहुन्छ- बोर्णबहादुर कार्की



काठमाडौं, ८ फागुन । प्रेस काउन्सिलका पूर्व अध्यक्ष समेत रहेका राजनीतिक विश्लेषक बोर्णबहादुर कार्की देश विदेशी चलखेलले गम्भीर मोडमा पुग्न लागिरहेको बताउँछन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीको समेत आलोचना गरेका छन् । कार्कीसँग देशमो लोकतन्त्रको अवस्था र चुनौतीबारे ऋषि धमलाले गरेको कुराकानीः

नेपालमा ७० वर्षको इतिहासमा तीन पटक राजनीतिक आन्दोलनहरु भए, यसले हाम्रो राजनीतिक आन्दोलन सफल भयो ?
जहाँसम्म नेपालको ७० वर्षको राजनीतिक इतिहास छ । यस अवधिमा प्राप्त प्रजातन्त्र पटक–पटक दूर्घटनामा प¥यो । तर यसले राष्ट्र र जनताले चाहेअनुसारको परिणाम किन दिन सकेन । यो अवधिमा राजनीतिक पार्टी र नेताहरु कहाँ–कहाँ चुके गम्भीर रुपमा विश्लेष्ण मनन् गर्ने र निष्कर्ष निकाल्ने बेला हो ।
तपाईंको भनाइअनुसार यो व्यवस्था अभैm सुरक्षित छैन हो ?
त्यस्तो होइन, २००७ सालको जुन क्रान्ति थियो । त्यसले निरंकुश सत्ताको अन्त्य मात्रै गरेको थिएन । राष्ट्रिय शक्तिहरुबीच एकताको ढोका पनि खोजिदिएको थियो । दोस्रो विदेशी शक्तिहरुको राजनीतिमा दबदबा थियो, त्यसलाई अन्त्य गरेको थियो । तर २००७ सालपछि गरिनुपथ्र्यो के त्यसमा जनताको दोष छैन । त्यो राजनीतिक पार्टी र त्यसका नेता अनि राजदरबारको कारणले गर्दा उपलब्ध परिवर्तन संकटमा प¥यो । त्यो कसरी प¥यो भने, सात सालपछि नेपालमा तीनवटा शक्ति थियो । पहिलो नेपाल कांग्रेस अर्को कम्युनिस्ट र अर्को दरबारीया शक्ति । यी तिनै शक्तिहरु एक ठाउँमा उभिएर प्रजातन्त्रलाई संस्थागत गराउन जरुरी थियो । यिनीहरुमा कम्युनिस्टको खासै प्रभाव थिएन । नेपाली कांग्रेस एकछत्र राज गर्न खोज्ने अन्य शक्तिलाई गन्दैनगन्ने । दरबार पनि २००७ सालको परिवर्तनलाई देख्नै नचाहने फेरि आफ्नै हातमा शक्ति लिने भनेर लाग्यो । त्यसपछि विदेशी चलखेल पनि सुरु भयो र २००७ सालदेखि ०१७ सालसम्म राजनीति अस्थिरताले मुलुक गुज्रियो । जसरी २०१७ सालमा जुन घटना घट्यो नेपालको प्रजातन्त्रमाथिको दूर्भाग्यपूर्णं घटना थियो ।
२००७ अहिलेसम्मको घटनालाई हेर्दा अहिलेको व्यवस्थालाई बँचाउन सक्छौं ?
२०१७ सालपछि नेपालमा दरबार हावी भयो । त्यसपछि कांग्रेस, कम्युनिस्टहरु सबै किनारा लागे । २०१७ सालदेखि ०४६ जुन अवधि थियो, त्यसमा सबै शक्तिहरु मिलेर बलियो बनाएको भए आर्थिक, सामाजिक र राजनीतिक हर क्षेत्रमा मुलुकले फड्को मार्ने थियो । यी समय सबै आन्तरिक द्वन्द्वमै सकिए । त्यसपछि २०४६ र २०६२-०६३ को आन्दोलनले पनि राजनीतिक स्थायित्व कायम गर्न सकेको छैन । यसो हुनेमा यहाँ भएका राष्ट्रिय शक्तिहरुमा एकता नहुनु हो ।
पार्टीभित्र लिडरहरुबीचमै कुरा मिल्दैन नि ?
त्यसो भएकाले यसमा कुरै बुझेनन् । जसरी राष्ट्रिय शक्तिहरु चाहे कांग्रेस होस् चाहे कम्युनिस्ट र दरबारीया शक्ति पनि कमसेकम राष्ट्रियताको विषय निम्नतम एकता हुनुपथ्र्यो । तर सबै शक्तिहरु आ–आफ्नो क्षेत्रबाट एकलौटी शक्ति कब्जा गर्न खोज्ने भएकाले एकता हुन सकेन ।
अहिले त कम्युनिस्ट नेतृत्वमा सरकार अनि किन विवाद त ?
जसरी २०४६ सालपछि सम्पूर्ण आपूmमा केन्द्रित गरेर अरुलाई किनारा लगाउने विचार लिनुभयो । अहिले नेकपाको सत्ता छ, केपी शर्मा ओलीले ठ्याक्कै त्यही नीति अवलम्बन गर्नुभएको छ । पार्टी र सत्ता दुवैमा आपूm मात्रै स्थापित हुने अरुलाई पाखा लगाउने काम भइरहेको छ ।
गणतन्त्र संकटमा पार्ने काम केपी ओलीबाटै हुँदैछ हो ?
यसमा केपी ओलीलाई मात्रै नभनौं । नेपालमा पटक–पटक लोकतन्त्र, प्रजातन्त्र संकटमा फसेको छ, त्यो जनताको कारणले होइन । खाली नेताको अदूरदर्शीका कारणले मात्रै फसेको छ । अहिले प्रजातन्त्र, लोकतन्त्र वा गणतन्त्रलाई संकटमा पार्ने काम केपी शर्मा ओलीले गरिरहनुभएको छ । किन भने उहाँले पार्टीलाई संस्थागत हुन नदिने अनि पार्टीभित्र पनि आफ्नो गुटलाई मात्रै चलाउने । अन्य राजनीतिक शक्तिलाई विस्थापित गरेर राज्यका सम्पूर्ण शक्तिलाई आपूmमा केन्द्रित अगाडि बढ्ने काम भएको छ । यो सरासर अलोकतान्त्रिक चिन्तन र व्यवहार हो । हिजो विभिन्न पात्रहरुले लोकतन्त्रलाई अप्ठ्यारोमा पारे, अहिले पछिल्लो पात्र केपी शर्मा ओलीले लोकतन्त्रलाई संकटमा पार्ने काम गरिरहनुभएको छ ।
नेपालको राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्न पाउने पात्रहरु को को हुन् ?
यो देशमा ऐतिहासिक महत्वपूर्ण भूमिका निर्वाह गर्न पाउने तीनवटा पात्र छन् । एउटा वीपी कोइराला, जसले विदेश शक्तिहरु बीचको उठबसलाई कम गर्ने । राष्ट्रिय एकतालाई कायम गर्ने । र राजतन्त्रसहित लोकतन्त्रलाई स्थापित गर्न सकेको भए उहाँ यो देशको ऐतिहासिक पुरुषको रुपमा स्थापित हुनुहुन्थ्यो । त्यसमा उहाँ पनि असफल हुनुभयो । त्यसपछि २०४६ साल यता उहाँकै भाइ गिरिजाप्रसाद कोइराला आउनुभयो । उहाँले जनता र राष्ट्रियप्रति इमान्दारी भएर लागेको भए धेरै चिज गर्न सक्नुहुन्थ्यो । आफ्नै पार्टीका सिनियर नेताहरुलाई पाखा लगाउन थाल्नुभयो । पार्टीमा एकछत्र अधिकार लिन थाल्नुभयो जसको कारणले उहाँले पाएको अवसर पनि गुमाउनुभयो । त्यसपछि दुईं तिहाईको जनमत प्राप्त गरेको अर्को व्यक्ति भनेको अहिलेका केपी शर्मा ओली हुनुहुन्छ । उहाँले सबै राजनीति शक्तिहरुसँग राष्ट्रिय एकता गर्ने र वाह्य प्रभावबाट मुलुकलाई मुक्त गरेर अगाडि बढेको भए सफल हुनुहुन्थ्यो । यस्तो अवसर सबैले पाउँदैनन् । यस्तो अवसर केपी ओलीले गुमाउँदैहुनुहुन्छ । यो अवसर उहाँलाई ‘बाँदरको हातमा नरिवल’ भयो । अहिले त हुँदाहुँदा एमसीसीको नाममा अफगानिस्तान र इराकको मोडलमा पो नेपाललाई लैजान खोज्नुभयो ।
अहिलेको नेतृत्वको कारण लोकतन्त्र संकटमा परेको हो ?
जुन व्यवस्थाले जनताको अपेक्षा अनुसार काम गर्न सक्दैन । त्यसलाई संकट हुँदै गयो भन्ने मान्नुपर्छ । यस्तै स्थिति रहिरह्यो भने जनताले धेरै दिन पख्दैनन् । जब राज्य कमजोर हुन्छ विदेशी शक्तिहरुको चलखेल बढ्न थाल्छ । अहिले त्यस्तै भएको छ ।
अमेरिकाले नेपाललाई सैनिक गठबन्धनमा लैजान्छ भन्ने तर्क हो ?
त्यो खुलमखुला आइसकेको छ त । अमेरिकन त नेपालमा सेना खडा गरेर प्राकृतिक संपदा लुट्ने योजनासहित आइसकेका छन् ।

https://youtu.be/E-8eHGT7tro



प्रतिक्रिया दिनुहोस्