Logo

गगन थापालाई ‘युरोपबाट कति बोरा पैसा ल्यायौं’ भनेर सोध्नुहोस् – डिल्लीराम खनाल, राजनीतिक विश्लेषक



काठमाडौं, ८ फागुन । राजनीतिक विश्लेषक डिल्लीराम खनाल खरो बोल्छन् । देश संकटमा पुगिरहेको बताउने उनले ओली सरकारको चर्को आलोचना गरेका छन् । खनालसँग ऋषि धमलाले देशको पछिल्लो राजनीतिक परिस्थितिबारे गरेको कुराकानीः
नेपालमा २४० को राजसंस्थालाई जनताले फाले अब दलीय व्यवस्था सफल भयो ?
नेपालमा दलीय व्यवस्था सफल भएको छैन ऋषिजी ।
के कारणले छैन ?
पहिलो त २४० वर्षको राजसंस्था भन्ने तथ्यांक नै गलत छ ।
कसरी गलत छ २०६२/०६३ जनता सडकमा आएर राजसंस्था फालेको होइन ?
२०६४ सालमा संविधानसभाको चुनाव भयो । त्यसबाट आएको संसद्को पहिलो बैठकले राजसंस्था अन्त्यको घोषणा गर्यो ।
जनता सडकमा आइसकेपछि निर्वाचन भयो त्यसपछि राजसंस्थाको अन्त्य भयो नि ?
त्यो त अहिलेका मन्त्री वर्षमान पुनलाई सोध्नुहोस् न, ‘कहाँ–कहाँबाट मान्छे ल्यायौं, कहाँ–कहाँबाट पैसा ल्याऔं, के के ग¥यौं ?’ भनेर । त्यसपछि गगन थापालाई ‘युरोपबाट कति बोरा पैसा ल्यायौं’ भनेर सोध्नुहोस् ।
गगन थापाले पैसा लिएको तथ्यांक तपाईंसँग छ ?
मैले जे–जे बोल्छु त्यसको तथ्य, प्रमाण र आधार मसँग सुरक्षित छ ।
गगन थापाले कोसँग पैसा लिए, प्रमाण देखाउनुस् न त ?
त्यो उनैलाई सोध्नुहोस् ।
होइन तपाईं भन्नुहोस् ?
युरोपियन युनियनबाट कस–कसले कति–कति पैसाको भुक्तानी लिए, त्यसको प्रमाण मसँग छ । पी खरेलले नयाँ पत्रिकामा आर्टिकल लेख्नुभएको छ । त्यसमा पहिलो पुस्ताले कुम्ल्याए–कुम्ल्याए । त्यसपछि आएका दोस्रो र तेस्रो पुस्ताका नेताहरु ती पनि तपाईंहरुले मात्रै खाएर हुन्छ हामीलाई चाहिँदैन भनेर गएका थिए ।
पुष्टि गर्नुपर्छ हचुवाको भरमा तथ्यांक दिन पाइँदैन नि ?
यससम्बन्धी आर्टिकल आएको छ । अहिले हातैमा सञ्चरमाध्यम छन् खोजेर हेर्दा हुन्छ । पी खरेलका लेखहरु भनेर खोल्दा सरर आउँछ ।
त्यसरी क–कसले लिएका छन् त्यसरी पैसा ?
कस–कसले चाहीं लिएन त्यो चाहीं भन्नुस् न । नारायणमान विजुक्च्छेको भाषालाई सापटी लिएर भन्दा ‘पहिला पहिला फलाना, फलाना विदेशी एजेन्ट हुन्’ भनेर खोज्नुपथ्र्यो । अहिले त को होइन भन्ने पो समस्या भयो भन्नुहुन्छ उहाँ ।
राजाहरुको कुरा गर्दा जसले राजगद्दीमा बसेर काम गरेको त्यसको समीक्षा गर्नुपर्छ ?
१९०३ गन्दा पनि १०४ वर्ष गइगयो नि जहाँनीया राणा शासन । नेपालमा राजाहरुले काम गर्न पाएको भने कै २०१३ सालदेखि २०२८ सालसम्म हो ।
त्यसोभए राजा महेन्द्रबाहेक अरुले काम गर्न पाएनन् ?
कहाँबाट पाउनु । राजाहरुले काम गर्न पाएको भए यस्तो हुन्थ्यो देशको हालत ।
राजा वीरेन्द्र, ज्ञानेन्द्रले नि ?
राजा वीरेन्द्रले महेन्द्रको बिडो २० प्रतिशत मात्रै धानिदिएको भए यस्तो स्थिति नै हुनेथिएन । जहासम्म प्रजातन्त्रको कुरा छ, २०४६ ताका नै भारतबाट त आएका थिए नि, भुटानको जस्तो राजा हुनु यो आन्दोलन हराएर जान्छ भन्दा राजा वीरेन्द्रले मानेनन् । बरु आओ तिमीहरु पनि भनेर बोलाएकै हो । गणेशमानजीले त भन्नुभएकै थियो, ‘हामी त एक लोटा पानी माग्न गएका थियौं महाराजबाट समुन्द्रै बक्सियो’ भनेर । भनेपछि समुन्द्र जस्तै छताछुल्ला भयो सम्हाल्नै सकेनन् ।
नेपालमा प्रजातन्त्र ल्याउन राजाहरुको भूमिका छ ?
त्यसमा महत्वपूर्ण भूमिका राजाहरुकै छ । २००७ कात्तिक २१ भारतीय दूतावास गएका थिएनन् भने यिनीहरुको के गति हुन्थ्यो । वीपी कोइराला अमेरिकन लबीका हुन् । नेपालमा २००७ सालमा प्रजातन्त्र त आयो तर त्योसँग के आयो । त्योसँगै के आयो भारतले यो घाँडोलाई कति राख्नु भनेर वीपीलाई पठाइदियो । अनि उनलाई गृहमन्त्री पनि बनाइयो । विरहीजीले भन्नुभयो, मोहन शमशेरले ‘बाहुनले देश चलाउने हो’ भने भनेर । त्यसकारण म पनि बाहुन हुँ तर म के भन्छु भने ‘बाहुनले खाएको देश र बाख्राले खाएको बाली कहिल्यै उभो लाग्दैन ।’ बाहुनले शासन गर्न थालेपछि देश समाप्त हुन्छ । बाहुनले पनि शासन गर्ने हो । उसले शिक्षा, दिक्षा, नीति निर्माणको काम पो गर्ने हो त ।
त्यसो भए बाहुनजति सबै जोगी बन्ने राजनीति गर्नु नहुने ?
जोगी बन्ने कहाँ भनेको छ । ‘जब राजनीतिमा बाहुन, मुलुक भयो डाउन’ । राजा महेन्द्रद्वारा प्रजातन्त्र हरण भन्ने भयो, लेख्ने यिनै वीपीहरु थिएनन् । २०१५ सालमा धारा १५ मा राजा महेन्द्रले जे अधिकार पाएका थिए, त्यही दिएको हो कि होइन ? ।
राजाले दलहरुको घाँटी निमोठे नि ?
कहिले निमोठेको छ ?
२०६२-०६३ मा त निमोठे नि ?
त्यो बेलामा त छोडिए त ज्ञानेन्द्रले । तिमीहरुलाई चाहिएको यही रहेछ लौ लैजाओ भनेर छोडिएकै हो नि ।
२०६३ माघ १९ गते कू गरेको होइन ?
त्यस बेलामा नेपाली कांग्रेसकै श्रीभद्र शर्माले लेख्नुभएको छ त ‘आपैmतिर फर्केर हेर्दा भनेर’ त्यो हेर्नुहोस् न । त्यो बेलामा सारा मिलेर सरकार गाँठो मात्रै फुकाइ बक्सियोस् भनेर दरबारमा बुझाउन जाने । त्यसपछि धारा २७ अनुसार म ३ वर्ष बस्छु भन्दा एक मिनेट पनि बस्न नदिने ।
जनताको शासनसत्ता कू गरेको हो नि ?
कू गरेको होइन ऋषिजी ।
किन होइन ?
अनि किन बुझाउन गएको त ? यिनै दलका नेताहरु बुझाउन गएका हुन् ।
शेरबहादुर देउवालाई प्रधानमन्त्रीबाट बर्खास्त गरेकै हो नि ?
अनि चुनाव गराउन नसकेपछि के गर्नुत ? २००७ सालमा रैतिबाट प्रजा बनायौं भन्छन्, २०४६ सालबाट प्रजाबाट जनता बनायौं भन्छन् दलहरु । २०६२÷०६३ देखि जनताबाट नागरिक बनायौं भनेका छन् । यिनै नेताहरु यो देशमा रहिरहे भने एक दिन तपाईंं, हामी नै यहाँ अनागरिक हुनेछौं ।
खनालजी एमसीसी पारित गर्नुपर्छ भन्नेमा सहमत हो ?
होइन । यसको बिजारोपण कहाँबाट भयो मलाई सोध्नुस् न । २०१५ सालमा नेपाली कांग्रेस हो, वीपी कोइराला प्रधानमन्त्री हुन् । उनलाई त्यतिबेला अमेरिकाले नै लगानी गरेर चुनाव जिताइदिएको हो ।
२०१५ सालमा कति दिएको रहेछ ?
त्यतिबेला उनलाई अमेरिकाले २ लाख रुपैयाँ अमेरिकी डलर दिएकै हो नि । सुको नहुने जनतालाई हातमा एकै बिटा पैसा दिन थालेपछि के भयो । त्यतिबेला अमेरिकासँग हाम्रो कुनै सम्झौता थिएन । त्यति हुँदा पनि अमेरिकाले स्यूटार भन्ने ठाउँमा अस्थायी एयरपोर्ट राखेको थियो । त्यो अमेरिका र भारतबाट हातहतियार ल्याउने खबरदार कसैले चेक जाँच गर्न पाउँदैन भनेर वीपीले थर्काउने । त्यो भइसकेपछि चीन त चासो राख्छ । चीनका सीमानामा चीनियाँ र भारततिर भारतीय सेना तैनाथ हुनथालेपछि महेन्द्रले यो कुरा बुझेर मैले त प्रजातन्त्र ल्याउने जनतालाई सुख दिन भनेर पो दिएको त यिनीहरु त विदेशीको खेताला पो रहेछन् ।
अमेरिकी सहयोग ५५ अर्बमा तपाईको तर्क के त ?
५५ अर्ब भनेको कति वर्षको ११ अर्ब होइन ।
त्यो नेपालको ठूलो कुरा हो नि अहिलेसम्म कुनै पनि मुलुक यति ठूलो सहयोग दिएको छैन ?
त्यस्तो सहयोग भारत, चीन, जापान सबै मुलुकले दिएका छन् ।
ट्रान्समिसन लाइन पनि दिएको छ नि ?
त्यो ट्रान्समिसन लाइन ५०० मेगावाटको हो । अनि ५ हजार मेगावाट कहाँबाट बनाउँछन् यी कुलांगारहरुले । त्यो सहयोगबाट वर्षको ११ अर्ब आउने हो म नेपालबाटै १ खर्ब ११ अर्ब कर उठाइदिन्छु ।
कहाँबाट उठाउँनु हुन्छ ?
यस्तो एनसेलहरुलाई छोड्ने कुरा छैन । त्यो तिर्न बाँकी रकम असुली हाल्छु छोड्ने कुरै छैन ।
एमसीसी त प्रधानमन्त्रीले पारित गर्न लागिसक्नुभएको छ नि ?
यो एमसीसी पारित भयो भने केपी शर्मा ओलीले प्रधानमन्त्री पद विद्या भण्डारीलाई जिम्मा लगाएर आपैm भाग्छन् हेर्दै जानुहोस् ।
जननिर्वाचित प्रधानमन्त्री कसरी छोडेर भाग्छन् तपाईको कुरा कसले पत्याउने ?
त्यो कुरा कसले पत्याउँछ होइन, समयले पत्याउँछ । तपाईं हामी बलवान होइन समय हो । केपी शर्मा ओली पनि बलवान होइन, समय हो ।

https://youtu.be/E-8eHGT7tro



प्रतिक्रिया दिनुहोस्