Logo

गगन थापा र वर्षमानमाथि खनालको गम्भिर आरोप (भिडियोसहित)



काठमाडौं, ९ फागुन । राजनीतिक विश्लेषक डिल्लीराम खनालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन कुमार थापामाथि विदेशबाट पैसा ल्याएको गम्भिर आरोप लगाएका छन् । उनले नेपालको राजसंस्था ढाल्ने आन्दोलनमा कहाँ कहाँबाट पैसा ल्याईयो भन्ने कुरा पूर्वमन्त्री थापालाई सोध्न भनेका छन् ।

बुधबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । ७०औं प्रजातन्त्र दिवसको अवसरमा कुराकानी गर्न स्टुडियोमै निम्त्याईएका खनालले यस्तो गम्भिर आरोप लगाउँदै धमलाले हचुवाको भरमा नबोल्न भन्दै प्रमाण छ भनेर सोधेका थिए ।

खनालसँगै उक्त कार्यक्रममा अतिथिको रुपमा सहभागी थिए-बरिष्ठ पत्रकार हरिहर विरही र प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष तथा बरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की । नेपालमा २४० को राजसंस्थालाई जनताले फाले अब दलीय व्यवस्था सफल भयो ? भनेर सोधेको प्रश्नमा खनालले जवाफ फर्काए,”नेपालमा दलीय व्यवस्था सफल भएको छैन ऋषिजी ।”

हेर्नुहोस भिडियो :

नोट  : यो भिडियोमा खनालले राजसंस्था अन्त्यको बारेमा, जनआन्दोलन र गगन थापामाथि लगाएको आरोप भने १५ मिनेट ५० सेकेण्ड (15:50 )बाट सुरु भएको छ ।

धमलाले फेरि अर्को प्रश्न तेर्साए, के कारणले छैन ? यसको जवाफमा उनले यस्तो जवाफ दिए-“पहिलो त २४० वर्षको राजसंस्था भन्ने तथ्यांक नै गलत छ ।” धमलाले कसरी गलत छ २०६२/०६३ जनता सडकमा आएर राजसंस्था फालेको होइन ? भनेर कडा रुपमा अर्को प्रश्न गरे । अनि खनालले त्यसको जवाफमा भने,”२०६४ सालमा संविधानसभाको चुनाव भयो । त्यसबाट आएको संसद्को पहिलो बैठकले राजसंस्था अन्त्यको घोषणा गर्यो ।”

जनता सडकमा आइसकेपछि निर्वाचन भयो त्यसपछि राजसंस्थाको अन्त्य भयो नि ? भन्ने धमलाको अर्को प्रश्नमा उनले यस्तो जवाफ दिए,”त्यो त अहिलेका मन्त्री वर्षमान पुनलाई सोध्नुहोस् न, ‘कहाँ–कहाँबाट मान्छे ल्यायौं, कहाँ–कहाँबाट पैसा ल्याऔं, के-के ग¥यौं ?’ भनेर । त्यसपछि गगन थापालाई ‘युरोपबाट कति बोरा पैसा ल्यायौं’ भनेर सोध्नुहोस् ।”

गगन थापाले पैसा लिएको तथ्यांक तपाईंसँग छ ? भनेर धमलाले सोध्दा उनले आफूले जे–जे बोल्छु त्यसको तथ्य, प्रमाण र आधार आफूसँग सुरक्षित रहेको जिकिर गरे । उनले गगन थापाले कोसँग पैसा लिए, प्रमाण देखाउनुस् न त ? भनेर सोधिएको प्रश्नमा भने त्यो कुरा नेता थापालाई नै सोध्न आग्रह गरे ।

धमलाले होइन तपाईं भन्नुहोस् ? भनेर गरेको प्रश्नमा उनले भने,”युरोपियन युनियनबाट कस–कसले कति–कति पैसाको भुक्तानी लिए, त्यसको प्रमाण मसँग छ । पी खरेलले नयाँ पत्रिकामा आर्टिकल लेख्नुभएको छ । त्यसमा पहिलो पुस्ताले कुम्ल्याए–कुम्ल्याए । त्यसपछि आएका दोस्रो र तेस्रो पुस्ताका नेताहरु ती पनि तपाईंहरुले मात्रै खाएर हुन्छ हामीलाई चाहिँदैन भनेर गएका थिए ।”

पुष्टि गर्नुपर्छ हचुवाको भरमा तथ्यांक दिन पाइँदैन नि ? भनेर सोध्दा खनालले यससम्बन्धी आर्टिकल आएको सुनाउँदै अहिले हातैमा सञ्चरमाध्यम छन् खोजेर हेर्दा हुन्छ भन्ने जवाफ फर्काए । उनले पी खरेलका लेखहरु भनेर खोल्दा सरर आउँछ भन्ने सुझाव दिए । उनले त्यसरी क–कसले लिएका छन् त्यसरी पैसा ? भन्दापनि क–कसले चाहीं लिएन त्यो चाहीं भन्नुस् न भनेर उल्टै पत्रकार धमलालाई प्रश्न गरे । उनले थपे,”नारायणमान विजुक्च्छेको भाषालाई सापटी लिएर भन्दा ‘पहिला पहिला फलाना, फलाना विदेशी एजेन्ट हुन् भनेर खोज्नुपथ्र्यो भन्ने सुनाउँदै अहिले त को होइन भन्ने पो समस्या भयो भन्नुहुन्छ उहाँ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot