Logo

आज बर्षा र हिमपातको सम्भावना



काठमाडौं, फागुन ९ । नेपालमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव आज देशभरको मौसममा बदली देखिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पश्चिमी भेगका धेरै पूर्वी भू-भागका केही स्थानहरुमा मेघ गर्जनरचट्याङसहित वर्षाको सम्भावना रहेको छ।

आज पश्चिम तथा मध्य क्षेत्रका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा र पुर्वी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज काठमाडौं उपत्यकामासहित देशका विभिन्न स्थानमा हल्का वर्षा हुने समेत अनुमान गरिएको छ । पश्चिमबाट मौसम सक्रिय भएकाले पश्चिमका केही स्थानमा अहिले पनि हल्का वर्षा भइरहेको छ।

पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङसहित वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेकोले सर्तकता अपनाउन समेत मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

शनिबार देशभर आँशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वी भू-भागका थोरै स्थानहरु र पश्चिमी पहाडका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ। आइतबारबाट मौसम सफा रहने छ।



प्रतिक्रिया दिनुहोस्