Logo

गाँजाको सही सेवनको फाइदा



रिपोर्टर्स नेपाल, ९ फागुन । महाशिवरात्रीमा गाँजाको सेवनले विशेष महत्व राख्छ । शिव भक्तहरुले गाँजालाई महादेवको प्रसादका रुपमा सेवन समेत गर्छन् । गाँजा शिवको प्रसादका रुपमा लिइनुको वैज्ञानिक महत्व र अर्थ पनि छ ।

नेपालमा गाँजा प्रतिबन्धित छ । तर, पछिल्लो समय गाँजा प्रतिबन्ध खुलाउनुपर्ने माग भइरहेको छ । संसदमा समेत गाँजा प्रतिबन्ध खुलाउन माग हुँदै आएको छ । गाँजाको उपयुक्त तरिकाले सेवन गर्नु स्वास्थ्यका दृष्टिकोणले लाभदायक हुने अनुसन्धानहरुले देखाएको छ । गाँजाबाट धेरै औषधी समेत उत्पादन गरिन्छ ।
गाँजाको अत्याधिक सेवनले मानिसको फोक्सो, मुटु तथा कलेजो आदिको रोग लाग्ने सम्भावना बढी रहन्छ । तर, नाटिंघम यूनिवर्सिटीका रिसर्चका अनुसार गाँजा सेवनको धेरै फाईदा रहेको पाईन्छ । गाँजा बिभिन्न गम्भीर रोगहरुलाई प्रभावकारी ढङ्गले निको पार्न सकिने प्रमाणित भएको छ ।

नाटिंघम यूनिवर्सिटीको रिसर्च अनुुसार गाँजा सेवनले निद्रा नलाग्ने र आत्तिइरहने जस्तो समस्याको समाधान हुन सक्छ । गाँजा रामो र गहिरो निद्रा पाउनको लागि प्रभावकारी हुन्छ ।

यस बाहेक इजरायलको तेल अभिभ यूनिवर्सिटीका बैज्ञानिकहरुका अनुसार गाँजाले मस्तिष्कघात हुन नदिन भूमिका खेल्छ । गाँजा सेवनले मस्तिष्कघातको जोखिम बढ्न नदिन यसको सम्भावनालाई घटाइदिन्छ । मस्तिष्कघात भइहाले पनि दिमागको सम्पूर्ण भागमा क्षति हुन दिदैन ।

गाँजामा कैनाबिनाएड्स कम्पाउन्ड पाईन्छ जसले मस्तिष्कलाई आराम र राहत महसुुस गराउँछ । यही तत्वमा क्यान्सरका कोषिकाहरुलाई नष्ट गर्न सक्ने क्षमता भएको उक्त रिसर्चमा पत्ता लागेको छ । गाँजा सेवनकर्तामा क्यान्सको सम्भावना कम हुन्छ । गाँजा क्यान्सर रोग हुन नदिनका लागि र क्यान्सको उपचारका लागि समेत प्रयोग हुनेगर्छ ।



प्रतिक्रिया दिनुहोस्