Logo

७० करोड कमिसनकाण्डका योजनाकार अमेरिका भागे



काठमाडौं, ९ फागुन । सेक्युरिटी प्रिन्टिङ प्रेसमा ७० करोड रुपैयाँ कमिसनको प्रकरणका एक मुख्य पात्र अमेरिका भागेका छन् । सुरक्षण मुद्रणका कार्यकारी निर्देशक विकल पौडेल बिहीबार नै अमेरिका गएका हुन् ।

स्वीस कम्पनीको एजेन्ट बताउने मिश्रलाई पौडेलले नै मन्त्री बाँस्कोटालाई भेटाएर कुरा गरेका थिए । यही प्रकरणमा मन्त्री बाँस्कोटाले बिहीबार राजिनामा दिइसकेका छन् । उनले १० दिनको बिदा लिएर अमेरिका गएका हुन् । उनीमाथि पनि यो प्रकरणमा छानबिन हुने भएको छ । आईटीका धेरै ठेक्कामा उनी संलग्न हुने गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्