Logo

प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघ सडकमा, लगायो यस्ता नारा (भिडियोसहित)



काठमाडौं, ९ फागुन । शान्तिपूर्ण प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको भन्दै नेपाल विद्यार्थी संघले आज काठमाडौंमा अर्को प्रदर्शन गरेको छ । प्रहरीले हिजो प्रदर्शनका क्रममा नेविसंघका नेता तथा कार्यकर्ताहरुमाथि दमन गरेको छ। एक दर्जनभन्दा बढि नेता तथा कार्यकर्ताहरु घाईते भएका थिए । सो को विरोधमा आज नेविसंघले प्रदर्शन गरेको हो ।

हाम्रा सहकर्मी ईश्वर कार्कीकाअनुसार काठमाडौंको प्रदर्शनीमार्गमा आज दिउँसो प्रदर्शन गरेको हो । वाल्मीकि विद्या पीठबाट निस्किएको जुलुस राष्ट्रियसभा भवन नजिकै पुगेर पुनः वाल्मीकिमै पुगेर कोणसभा गरिएको थियो ।

कोणसभामा प्रधानमन्त्री केपी ओलीको राजीनामासँगै निवर्तमान मन्त्री बस्कोटालाई कानुनी कारबाहीको माग गरिएको छ । नेविसंघले प्रदर्शनका क्रममा ’नेकपाको छोरोले, करोड माग्यो मोरोले’, ’गोकुलसँगै सिकेछ, केपी ओली बिकेछ’, जस्ता नारा लगाइएका थिए ।


तस्विर तथा भिडियो : ईश्वर कार्की, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्