Logo

छैटौं नेपाल एपिएफ स्कुल कप फुटबल सफलतापुर्वक सम्पन्न



काठमाडौं, ९ फागुन । माघ २२ गते देखि फागुन ८ गतेसम्म नेपाल एपीएफ स्कुल, कीर्तिपुर काठमाण्डौँको आयोजनामा छैटौँ नेपाल एपीएफ स्कुल कप फुटबल सम्पन्न भएको छ ।

हिजो (बिहीबार) भएको फाइनल खेल अन्तरगत ग्रिन भिलेज एजुकेशन फाउण्डेशन कीर्तिपुर र नेपाल पुलिस स्कुल बिच भएको खेलमा नेपाल पुलिस स्कुलले उपाधी जित्न सफल भएको छ ।

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष एवं मानवश्रोत विभाग प्रमुख, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । फाइनल खेल अन्तरगत नेपाल पुलिस स्कुलले ग्रिन भिलेज एजुकेशन फाउण्डेशन कीर्तिपुरलाई २-१ गोल अन्तरले पराजित गर्दै उपाधि जित्न सफल भएको थियो ।

पुरस्कार वितरण कार्यक्रममा विशिष्ट अतिथि सशस्त्र प्रहरी नायव महानिरीक्षक बंशीराज दाहालले रेफ्रीहरु तथा विजेता खेलाडीहरुलाई प्रमाण पत्र, मेडल तथा ट्रफी प्रधान गरे ।

त्यसैगरि  एन आइसी एसियाका सहायक कार्यकारी निर्देशन सुधिरनाथ पाण्डेले सो प्रतियोगिताका उपविजेता ल ग्रिन भिलेज एजुकेशन फाउण्डेशनका खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए । सोही अवसरमा सहायक कार्यकारी निर्देशकले नेपाल एपीएफ स्कुलका छात्राहरुलाई उपयोगी हुने सेनेटरी प्याड डिस्पोजल मेशिन आयोजक विद्यालयका प्रधानाचार्य युवराज पराजुलीलाई हस्तान्तरण गरेका थिए ।

सोही अवसरमा अखिल नेपाल महिला फुटबल समितिकी अध्यक्ष श्रीमती पेमा लामाबाट सम्पूर्ण सहभागी टिमहरुलाई सहभागीताको प्रमाण पत्र वितरण गरेका थिए । प्रतियोगितामा अखिल नेपाल फुटबल महासंघका उपाध्यक्ष उपेन्द्रमान सिंहले तृतीय स्थान हासिल गर्ने ल्याब्रोटरी मावीका खेलाडीहरुलाई प्रमाण पत्र तथा मेडल प्रदान गरेका थिए ।

खेलमा उत्कृष्ट गोल रक्षक नेपाल पुलिस स्कुलका इसान श्रेष्ठ घोषित भएका थिए भने सोही स्कुलका सन्देश तामाङ्ग सर्वाधिक गोल कर्ता र सोदिन अवाल उत्कृष्ट खेलाडी बन्न सफल भएका थिए । त्यस्तै साल्भिनिया एकेडेमी, कीर्तिपुर अनुशासित खेलाडी समुह बन्न सफल भएको थियो । उत्कृष्ट खेलाडीहरुलाई राष्ट्रिय फुटबल प्रशिक्षक साबित्रा भण्डारी र अनिता बस्नेतले संयुक्त रुपमा ट्रफी तथा प्रमाण पत्र वितरण गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्