Logo

महाशिवरात्रीको दिन वर्षा र हिमपात



काठमाडौं, ९ फागुन । काठमाडौं उपत्यकालगायत पहाडी भेगमा पानी परेको छ । आज अपरान्ह उपत्यकामा वर्षा भएको छ ।

केही दिनयता उपत्यकाको मौसम सफा थिएन । बादल र हुस्सु लाग्दै आएको थियो । आज विहान देखि उपत्यकाको आकाश बादल र हुस्सुले ढाकिएकोमा अपरान्ह वर्षा शुरु भएको हो । उपत्यकालगायत देशका पहाडी भागमा वर्षा भएको छ । देशको उच्च पहाडी र हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपात भएको छ । हिमपातले जनजीवन प्रभावित भएको छ ।

यसैगरी, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्य देखि पूर्ण बदली रही पश्चिमी भेगका धेरै र मध्य तथा पूर्वी भू(भागका केही स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ । पश्चिम तथा मध्य क्षेत्रका उच्च पहाडी तथा हिमाली भू(भागका धेरै स्थानहरुमा र पुर्वी उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्