Logo

शिवरात्रीमा पशुपतिमा जे देखियो (फोटोफिचर)



काठमाडौं, ९ फागुन । आज महाशिवरात्री । हिन्दू धर्मावलम्बीहरुले धुमधामका साथ मनाउँदैछन् । आज पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनहरुको ठूलो घुइँचो छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ ।

 पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए।

महाशिवरात्रिका अवसरमा शुक्रबार बिहान तीन बजेदेखि नै पशुपतिका चार ढोका खोलिएका छन् । यस वर्ष १० लाखभन्दा बढी दर्शनार्थीले महाशिवरात्रीका दिनमात्र पशुपति दर्शन गर्ने अनुमान गरिएको छ । पशुपतिमा दर्शनका लागि पाँच वटा लाइनको व्यवस्था गरिएको छ । पशुपतिमा गाँजाको व्यापार पनि राम्रो चलिरहेको छ ।

सरकारले यो दिन गाँजा प्रतिबन्ध लगाउने भने पनि गाँजाको सर्को तान्ने युवाहरुको लाम ठूलै छ । प्रहरीले पनि गाँजाको कारोबार ठप्प नै पार्ने गरी सक्रियता देखाएको पाइएको छैन ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्