Logo

सोयुज रकेटकोसाथ रुसको सैन्य सेटेलाइटको उडान



९ फागुन । सोयुज २.१ ए क्यारियर रकेटले रुसको सैन्य उपग्रह मेरिडियन एमलाई प्यालेस्टेक स्पेसपोर्टबाट सफलतापूर्वक लिएर उडान भरेको छ । एरोस्पेस फोर्स स्पेसले बिहीबार स्पेसपोर्टबाट सफलतापूर्वक सोयुज २.१ एले उडान भरेको रुसको रक्षा मन्त्रालयले जनाएको छ ।

सोयुज २.१ एको सन् २०२० को पहिलो उडान रहेको जनाकारी समेत रक्षा मन्त्रालयले दिएको छ । रुसी कक्षीय समूहको अन्तरीक्ष यान स्वचालित नियन्त्रणको आधारमा सोयुज २.१ ए क्यारियर रकेटलाई स्पेसपोर्टबाटै संचालन गर्न सक्ने प्रविधि जडान गरिएको जनाइएको छ ।

सोयुज २.१ ले उपग्रहलाई लिएर पहिलो परिक्षण सन् २००४ मा गरेको थियो । मेरिडियन एमलाई सोयुज २.१ एले लिएर जनवरी २४ मा उडान भर्ने थियो । तर, सर्ट सर्किट भएको कारण उडान भर्न ढिलो भएको घरेलु अन्तरिक्ष उद्योगले जनाएको उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्