Logo

सेना दिवसमा पत्रकार विभूषित (सूचीसहित)



काठमाडौं, ९ फागुन । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाले पत्रकारलाई पनि विभूषित गरेको । आज सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा आठ पत्रकारलाई ‘प्रधानसेनापति प्रशंसा पदक’ ले विभूषित गरिएको हो ।

विभूषित हुनेमा नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलीप थापामगर (सरोकार टेलिभिजन), परशुराम काफले (नयाँ पत्रिका) ,नारायणप्रसाद न्यौपाने (रासस), गजुरधन राई (नेपाल टेलिभिजन), परशुराम खत्री (दि राइजिङ नेपाल), दीपक रिजाल (नेपाल समाचारपत्र), राजेश अहिराज (मधेशवाणी) र हंशावती कुर्मी (रेडियो नेपाली सेना) छन् । उनीहरु नेपाली सेनाका विषयमा समाचार लेख्दैआएका पत्रकार हुन् ।

समारोहमा इतिहासकार एवं प्राज्ञ दिनेशराज पन्त र इतिहासकार प्रा डा त्रिरत्न मानन्धरलगायत समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पु(याउनेलाई विभिन्न विधाका सम्मानबाट विभूषित गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्