Logo

‘बम–बम भोले’ भन्दै अमेरिकी राजदूतले यसरी मनाए महाशिवरात्रि



काठमाडौं, ९ फागुन । आज महाशिवरात्रि । देशभरि यो पर्वा हर्षोल्लाशका साथ मनाईएको छ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा गरिएको फूलमालाको सजावट दर्शनार्थीको विशेष आकर्षण बनेको छ । यस वर्ष विभिन्नथरीका फूलले पशुपतिनाथ मन्दिर क्षेत्र सिँगारिएको छ ।

यो पर्व नेपालमा रहेका विदेशी पर्यटक, कुटनीतिक नियोगका प्रतिनिधिहरु समेत मनाएका छन् । नेपालस्थित् अमेरिकी राजदुत र्याण्डी डब्लु. बेरीले पनि महाशिवरात्रि मनाएका छन् । उनले भोले बाबाहरुसँग तस्विर खिच्दै शिवरात्रिको शुभकामना दिएका छन् ।  त्यतिमात्रै होईन, राजदुत बेरीले आजभन्दा दश वर्षअघिको शिवरात्रिको पनि तस्विर सार्वजनिक गरेका छन् ।

उता, पशुपति मन्दिर क्षेत्रको सजावटका लागि केही भक्तजनले विदेशबाट समेत फूल मगाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपतिनाथको दर्शनमा आएकी रमा शर्मा यसपटक विगतभन्दा बढी व्यवस्थित देखिए पनि स्वयंसेवक भनी बस्नेले आफ्ना मान्छे सहजै लाइनबाट छिराएको देखिएको बताईन् । आफन्त छिराउनकै लागि केही मानिसले स्वयंसेवकको बिल्ला लिएको अनुभव उनले सुनाईन ।

कोषले विसं २०७४ को शिवरात्रिदेखि शुरु गरेको जुन लाइनबाट छि¥यो त्यसै लाइनबाट बाहिर निस्कने व्यवस्था यस वर्ष बढी प्रभावकारी बनेको छ । कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले विगत दुई वर्षको अनुभवले यो नियमलाई कार्यान्वयन गर्न सहज भएको बताए । स्वयंसेवकका नाममा केही मानिसले बदमासी गरेको प्रमाणित भए अर्कोपटकदेखि कारवाही गरिने उनले सुनाए ।



प्रतिक्रिया दिनुहोस्