Logo

पशुपति मन्दिर परिसरभित्र आगलागी



काठमाडौं, ९ फागुन । पशुपतिनाथ मन्दिरको ठीक पारी रहेको एक मन्दिरमा आगलागी भएको छ । भारतबाट आएका एकजना साधुले मन्दिरभित्रै मुडा बालेर धुनी जगाएपछि मन्दिरमा आगो सल्केको हो ।

ढुङ्गाबाट बनेको सो मन्दिरमा रहेको काठको थाममा आगो सल्किएपछि प्रहरीले आगो नियन्त्रणमा लिएको थियो । प्रहरीको विपद व्यवस्थापनको टोलीले झन्डै आधा घण्टा लगाएर आगो निभाएको थियो ।



प्रतिक्रिया दिनुहोस्