Logo

पूर्वराजा शाह दम्पत्तिको भारतमा धार्मिक अवतार



काठमाडौं, ९ फागुन । दुई साताको धार्मिक भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पत्ति भारतको अमृत्तसारस्थित ‘स्वर्ण मन्दिर’ मा पुगेर दर्शन गरेका छन् । पूर्व राजदम्पतीलाई बिहीबार स्वर्ण मन्दिरमा गुरुद्वारा प्रवन्धक समितिका सचिव डा. रुपसिंह सिंहले स्वागत गरेको तस्विर बाहिरिएको थियो ।

सो अवसरमा पूर्वराजालाई मन्दिर व्यवस्थापनका बारेमा जानकारी दिइएको उनको निजी सचिवालयले जनाएको छ । पूर्वराजा आफ्नी बहिनी शोभा शाह र ज्वाइँ कुमार मोहन बहादुर शाहीसहित भारत भ्रमणमा छन्। शाह दम्पत्ति अमृतसरबाट भोलि (शनिबार) दिल्ली फर्कने छन्ु ।



प्रतिक्रिया दिनुहोस्