Logo

एमसीसी कार्यदलले संशोधनसहितको सुझाब प्रतिवेदन ओली–दाहाललाई बुझायो



फागुन ९, काठमाण्डौ । मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसिसीका विषयमा अध्ययन गर्न बनेको कार्यदलले अध्ययन तथा सुझाव प्रतिवेदन नेकपा नेतृत्वलाई बुझाएको छ ।

१९ दिन लगाएर तयार पारिएको प्रतिवेदन आज अध्यक्षद्धय पुष्पकमल दाहाल र केपी ओलीलाई बुझाइएको हो । कार्यदलको बैठकले सुझावसहित तयार पारेको प्रतिवेदन शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास  बालुवाटारमा अध्यक्षद्वयलाई बुझाइएको हो ।

सिंहदरबारमा शुक्रबार बसेको कार्यदल बैठकले अनुदान सहायताका बारेमा सरकार र एमसिसीबीच भएको सम्झौता र हिन्दप्रशान्त रणनीति सम्बन्धमा गहन अध्ययन गरेर प्रतिवेदन तयार गरेको जानकारी दिएको थियो ।

पार्टीभित्रै एमसीसीका बारेमा चर्को विरोध भएपछि नेकपा केन्द्रीय समिति बैठकले अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार गठन भएको कार्यदलले एमसिसीका विषयमा अध्ययन प्रतिबेदन तयार गरेको हो । कार्यदलमा रावलसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र झलनाथ खनाल सदस्य छन् ।

कार्यदलले संशोधनको सुझाबसहितको प्रतिवेदन बुझाए पनि प्रधानमन्त्री ओली यथास्थितीमै संसदबाट अनुमोदन गराउने पक्षमा छन् ।



प्रतिक्रिया दिनुहोस्