Logo

वृहस्पती ग्रहको रोचक तस्बिर



एजेन्सी, ९ फागुन । सौर्य मण्डको सबैभन्दा ठूलो ग्रह वृहस्पतिबारे वैज्ञानिकहरुले अनुसन्धान गरिरहेका छन् । सन् २०१६ देखि जुनो अन्तरीक्षयानले वृहस्पतीलाई घुमिरहेको छ ।

जुनोको क्यामराले तस्बिरहरु पठाइरहेको छ । वृहस्पतीको वायुमण्डलका अलावा चुम्बकीय र गुरुत्वाकर्षण क्षेत्रबारे नक्शांकन गरिरहेको छ । ग्याँसले भरिएको क्षेत्रबारे समेत तस्बिर देखिएको छ ।

तस्बिरको अध्ययन वैज्ञानिकहरुले गरिरहेका छन् । त्यसमध्ये केभिन गिल पनि हुन् । उनको अध्ययनबारे सीएनएनले सार्वजनिक गरेको तस्बिर रोचक छ । तस्बिर स्रोतः सीएनएन



प्रतिक्रिया दिनुहोस्