Logo

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद सम्झौतामा पाँच अर्ब भ्रष्टाचार (भिडियोसहित)



काठमाडौं, ९ फागुन । अडियो रेकर्ड सत्य हो । लेखा समितिमा मुद्दा परिसकेको थियो । लेखासमितिले फागुन ११ गतेको बैठक ८ गते सारेको थियो । त्यसपछि मैंले मेरो मुद्दा ओझेलमा पर्ने देखेर सार्वजनिक गर्ने निर्णय गरें । अडियो केही साथीहरुलाई दिएको हुँ ।

म भ्रष्टाचारमुक्त देशको पक्षमा छु । राज्यलाई भ्रष्टाचारमुक्त बनाउन आवश्यक सहयोगका लागि तयार छु । प्रिन्टिङ प्रेस खरिदमा मन्त्री संलग्न हो । यो आइसकेको छ ।
यसबारे सीआइबीलाई पत्र लेख्नु युक्तिसंगत मान्दिनँ । छानविनको दायरामा आइसकेको छ । छानविनका लागि सहयोग गर्न तयार छु । म भूमिगत हुन्नँ । सामान्य रुपमा हिंड्छु । यसमा करोड होइन अरबौंको कुरा छ । यसका पछाडि धेरै विषयहरु जान्न जरुरी छ । पृष्ठभूमीहरु बुझ्नुपर्छ ।

एमाआरपी फ्रान्सको कम्पनि ओभरथ्रोले छाप्ने टुंगो लागेको थियो । त्यसबखत यसको प्रतिनिधि फ्लोरेन पाकोलेन हुन् । एमआरपी छाप्ने टुंगो लाग्दा विकल पौडेल पासपोर्ट डिभिजनमा नेपाल सरकारको टेक्निकल अफिसर थिए । पछि सुरक्षा मुद्रणमा कार्यकारी निर्देशक भएर गए । पाकोलेन जर्मन कम्पनिमा गए । जर्मनको भेडस कम्पनिको सहयोग लिएर रिपोर्ट तयार गर्न थाल्नुभयो । मूल्यांकनमा आठ देखि १० अर्ब वृद्धि गर्नुभयो । होल सोलुसनका लागि वृद्धि गर्नुभयो । पछि हाफ सोलुसनको निर्णयमा जानुभयो ।

रिपोर्ट तयार गरी सञ्चार मन्त्रालयमा पेश गर्नुभयो । मन्त्रालयमा विभिन्न कार्यदल बनेको छ । सहसचिव, सचिव र मन्त्रीको नेतृत्वमा कार्यदल बनाउनुभएको छ । दुईपटक यसलाई मन्त्रिपरिषदले पारित गरेको अवस्था छ । छानविनको विषय लेखासमिति र सांसदज्यूहरुको छ ।

स्पेशिफिकेशनमा गलत तरिकाले ल्याउने, स्टडी रिपोर्टमा मूल्य वृद्धि गरेर ल्याउने कार्य भयो । साँढे पाँच अर्ब रुपैयाँ भ्रष्टाचार भएको छ ।

प्रिन्टिङ प्रेस खरिद प्रकरणमा स्वीटजरल्यान्ड सरकार र कम्पनिको कुनै संलग्नता छैन । कम्पनिको एजेन्डा थियो तर एजेन्डा छाडेर गइसकेको छ ।

विजयप्रकाश मिश्रले इमेज च्यानललाई दिएको अन्तवार्ताको पूर्ण पाठ



प्रतिक्रिया दिनुहोस्