Logo

६ महिनामा १२ सय प्रहरीको राजीनामा



काठमाडौं, फागुन १० । आकर्षक मानिएको राष्ट्रसंघीय शान्ति मिसन बन्द भएसँगै राजीनामा दिने प्रहरीको संख्या बढेको छ। चालू आर्थिक वर्षको ६ महिनामै एक हजार दुई सय १० प्रहरीले राजीनामा दिएका छन।

औसतमा दैनिक आठ प्रहरीले राजीनामा दिने गरेका छन। गत आर्थिक वर्षमा तीन हजार ७३ प्रहरीले राजीनामा दिएका थिए। मिसन जाने अवसर बन्द भएपछि खासगरी तल्लो तहका प्रहरीले पेन्सन अवधि पुगेलगत्तै राजीनामा दिने गरेका छन।

नेपाल प्रहरीका दुईवटा फम्र्ड पुलिस युनिट ९एफपियू० मिसन रहेकोमा एउटा बन्द भइसकेको छ भने अर्को दुई महिनापछि बन्द हुँदै छ। हाइटीको मिसन गत वर्षदेखि बन्द भएकोमा सुडानस्थित मिसन पनि अप्रिलदेखि बन्द हुन लागेको हो।



प्रतिक्रिया दिनुहोस्