Logo

आजको मौसमः कतै बर्षा, कतै हिमपात



काठमाडौं, फागुन १० । पश्चिमी न्युन चापिय प्रणालीको प्रभावका कारण हाल देशभरको मौसमा बदली भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले आजपनि देशभरको मौसममा आंशिकदेखि सामान्य बदली कायमै रहने जनाएको छ । महाशाखाका अनुसार चापिय प्रणालीको प्रभावले पश्चिमीका केहि भू–भागमा हल्का वर्षा भैरहेको छ।

साथै, महाशाखले पुर्वी पहाडी भू(भागका थोरै स्थानहरुमा साथै पश्चिमी तथा मध्य पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । पुर्वी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति भने पहाडी भेगमा आंशिक बदली भइ बाँकी भेगको मौसम सामान्यतया सफा रहनेछ ।



प्रतिक्रिया दिनुहोस्