Logo

जन्ती बस दुर्घटना, सात जना घाइते



भैरहवा, फागुन १० । रुपन्देहीको घाघरा पुल नजिकै बस पल्टिदा ७ जना घाइते भएका छन्। सियारीको भगलापुरबाट ओमसतिया–६ जमुहानी तर्फ जन्ती लिएर फर्किदै गर्दा लुम्बिनी रोडस्थित घाघरा पुल नजिकै बस दुर्घटना भएको हो।

सिमसिम पानी परिरहेको बेला लू१ ख ८८०६ नम्बरको माइक्रोबस ओभर स्पीडका कारण सवारी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक खड्गबहादुर खत्रीले जानकारी दिए।

करिब ३० जना सवार उक्त बस ५ बजेर ३० मिनेट जादा दुर्घटनामा परेको हो, बसका चालक दुर्घटना लगत्तै फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि प्रहरीको टोली घटनास्थल पुगेर घाइतेको उद्दारमा लागेको छ। दुर्घटनामा परेका अन्यको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ। वर्षाका कारण दुर्घटनामा परेको घाइतेहरुको अवस्थाबारे विस्तृत विवरण आउन सकेको छैन।



प्रतिक्रिया दिनुहोस्