Logo

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दुई हजार तीन सय ४८ पुग्यो



चीनमा फैलिएको कोरोना भाइरस (कोभिड १९) महामारीका कारण शनिबारसम्म मृत्यु हुनेको संख्या २ हजार ३४८ पुगेको छ ।

वुहानसहित विभिन्न प्रान्तमा फैलिएको प्रकोपका कारण शनिबारसम्म २ हजार ३४८ जनाको मृत्यु भएको भने ७६ हजार ३०० जनामा संक्रमण देखिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।

शुक्रवारमात्रै १०९ जनाको मृत्यु भएको छ भने ३९७ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको छ । शुक्रवार मृत्यु भएकामध्ये हुबेइ प्रान्तका मात्रै १०६ जना नागरिक थिए । चीनमा भाइरसको संक्रमण दर घटेपनि अझै ५ हजारभन्दा बढीमा भाइरसको संक्रमण रहेको हुनसक्ने अनुमान गरिएको छ । विभिन्न अस्प्तालमा उपचार गराइरहेका मध्ये २० हजार ६५९ जना उपचारपछि घर फर्किएका छन् ।

त्यसैगरी शुक्रवारसम्म हङकङमा भाइरसको संक्रमणबाट दुई जनाको मृत्यु भएको छ भने ६८ जनामा संक्रमण भेटिएको छ । त्यस्तै मकाउमाा १० जना,ताइवानमा एक जनाको मृत्यु भएको छ भने २६ जना संक्रमित फेला परेका छन् ।

दक्षिण कोरियामा शनिवार १४२ जनामा कोरोना भाइरसका संक्रमित भेटिएका छन् । दक्षिण कोरियामा संक्रमितको संख्या ३४६ पुगेको अन्तराष्ट्रिय सन्चारमाध्यमले जनाएको छ । चीनले मार्चको अन्तिम सम्ममा उक्त भाइरसबाट मुक्त हुने प्रतिबद्ता व्यक्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस्