Logo

कोरोना भाइरसविरुद्व लड्न बिल र मेलिन्डा गेट्स फाउण्डेशनद्वारा सहयोग



चीनलाई कोरोना भाइरसविरुद्व लड्न बिल र मेलिन्डा गेट्स फाउण्डेशनद्वारा सहयोग प्राप्त भएको छ । फउण्डेशनले फेब्रुअरी ६ मा चीनलाई सहयोग बापत रकम प्रदान गरेको हो । भाइरस रिसर्च, औषधी र खोपको अनुसन्धान कार्य तीव्र गतिमा गर्न बिल र मेलिन्डा गेट्स फाउण्डेशनले चीनलाई १०० मिलियन डलरको सहयोग गरेको हो ।

यस्ता प्रकारको सहयोग भएकोमा चिनियाँ राष्ट्रिपति सी जीन फिङले सराहना गर्दै बिल गेट्स फउण्डेशनलाई चिठ्ठि लेखेर धन्यावाद व्यक्त गरेका हुन् । सीद्वारा उक्त चिठ्ठि फेब्रुअरीमा लेखेका थिए ।

चिठ्ठिमा सीले बिल र मेलिन्डा गेट्स फाउण्डेशनको उदारता र चिनियाँ जनताप्रति तपाईको एकताको पत्र यस्ता महत्वपूर्ण क्षणमा प्राप्त भएकोमा म हार्दिक कृतज्ञता जाहेर गर्दछु भन्दै उल्लेख गरका छन् ।



प्रतिक्रिया दिनुहोस्