Logo

धुर्मुसले यसरी गरे ओलीमाथि आक्रमण, भ्रष्टाचारीलाई संरक्षण गरे जनताले माफ गर्दैनन् (भिडियोसहित)



काठमाडौं, १० फागुन । चर्चित कलाकार सिताराम कट्टेल ‘धुर्मुश’ ले देश समृद्ध बनाउनको लागि सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवार र ईमानदारपूर्वक काम गर्नुपर्ने धारणा राखेका छन् । शुक्रबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘हामी जो जो जुन पदमा छौं, जुन जुन क्षेत्रमा छौं, र जनप्रतिनिधि छौं, पहिलो कुरा आफू ईमानदार हुनुपर्यो, ईमानदार व्यक्ति जहाँपनि टिक्छ, सबैको प्रिय हुन्छ । जनताको विश्वास जित्न सक्नुपर्यो ।’

उनले देशमा पछिल्लो समय भएका काण्डै काण्डले मुलुकको विकास नहुने चिन्ता व्यक्त गरे । उनले सफा नियत राख्न सबैलाई सुझाव दिए । उनले विश्वको प्रविधि अहिले द्रुततर गतिमा अघि बढेको सुनाए । उनले भने,‘हेर्नुहोस, चीन अहिले कोरोना भाईरसको आतंकबाट गुज्रिरहेको छ । तर, उसले दश दिनभित्र अध्याधुनिक अस्पताल बनायो । त्यो पनि हजार सैयाको । हामीले त नेपालमा वर्षौसम्म एउटा विद्यालय बनाउन सकेका छैनौं ।’



प्रतिक्रिया दिनुहोस्