Logo

चीनले वुहान शहरमा १९ वटा अस्थायी अस्पताल निर्माण गर्ने



कोरोना भाइरस (कोभिड १९)कोे केन्द्र मानिएको हुबेई प्रान्तको वुहान शहरमा थप १९ वटा अस्पताल निर्माण हुने भएको छ । कोरोना भाइरसको संक्रमणमा परेको मानिसलाई कुनै प्रकारको समस्यालाई मध्य नजर राखेर अस्पताल निर्माण गर्ने चिनियाँ स्थानीय अधिकारीहरुले शुक्रबार जानकारी दिएका हुन् ।

३० हजार सैँयाको अस्थायी अस्पताल २५ फेब्रुअरीसम्म निर्माण भइसक्ने वुहान शहरका डिप्टी मेयर हू याबोले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् । अहिलेसम्म १३ वटा स्थानहरुमा अस्थायी अस्पतालमा भाइरस संक्रमित व्यक्तिहरुलाई राखिएको हू याबोले जनाएका छन् । भाइरसविरुद्व लड्न र गुणस्तर सेवा दिन सम्पूर्ण अस्थायी अस्पतालमा सामाग्री उपलब्ध रहेको समेत जनाइएको छ ।

भाइरसविरुद्व लड्न र रोकथाम गर्न अस्थायी अस्पतालहरुमा ७२ मेडकल स्टाफहरुको समूहलाई खटाइएको समेत जानकारी दिएका छन् । उक्त भाइरसबाट मूत्यु हुनेको संख्या शनिबारसम्म दुई हजार तीन सय ४ड पुगेको छ भने भाइरसको संक्रमणबाट ७६ हजार तीन सय जना प्रभावित भएका छन् ।



प्रतिक्रिया दिनुहोस्