Logo

इटालियन सिरी ए फुटबल : नापोलीद्वारा ब्रेसिया पराजित



ईटाली, १० फागुन । इटालियन सिरी ए फुटबलमा नापोलीले ब्रेसियालाई पराजित गरेको छ । गएराति भएको खेलमा नापोलीले ब्रेसियालाई २–१ ले पराजित गरेको हो । ब्रेसियाको मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाएर नापोलीले जित निकालेको हो ।

खेलको २६ औं मिनेटमा जोन चान्सेलोरले गोल गर्दै ब्रेसियालाई अग्रता दिलाएका थिए । तर खेलको ५० औं मिनेटमा लोरेन्जो इन्सिग्नेले पेनाल्टीमार्फत गोल गर्दै नापोलीलाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ५४ औं मिनेटमा फाबियनले गोल गर्दै नापोलीलाई २–१ को जित दिलाए । जितसँगै २५ खेलमा ३६ अंक जोडेको नापोली लिगको छैटौं स्थानमा उक्लिएको छ । ब्रेसिया १६ अंक जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्