Logo

भ्रष्टाचार र महङ्गी अन्त्य गर्नुपर्ने माग



काठमाडौँ, १० फागुन : नेपालका लागि नेपाली अभियानले भ्रष्टाचार अन्त्य गर्नुपर्ने माग गरेको छ ।

पछिल्लो समयमा मुलुकमा भ्रष्टाचार, महङ्गी, असुरक्षा, बलात्कार, महिला हिंसा र अपराध बढ्दै गएको भन्दै त्यसको अन्त्य गर्न आग्रह गर्दै अभियानकर्मीले माइतीघर मण्डलामा आज प्रदर्शनसमेत गरेका छन् ।

अभियानले लिपुलेक, कालापानी, लिम्पियाधुरा र सुस्तालगायत नेपालको सिमाना र भूभागको रक्षा गर्दै धर्म, संस्कृति र सभ्यताको जर्गेना गरी राष्ट्रियताको संरक्षणमा समेत जोड दिएको छ ।

‘भ्रष्टाचारको निर्मूलीकरण, राष्ट्रियताको संरक्षण र राजनीतिक शुद्धीकरण हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारासहित शुरु भएको अभियानले शिक्षा, स्वास्थ्यलाई निःशुल्क, सर्वसुलभ र गुणस्तरीय बनाउन पनि माग गरेको छ ।

अभियानकर्मी रामकृष्ण थापाले बेरोजगारी, गरिबी र सबैखाले विभेदको अन्त्य गर्दै मजदूर, किसान, महिला, युवा, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलगायत सबै तहका नागरिकको अधिकार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराए ।रासस



प्रतिक्रिया दिनुहोस्