Logo

पुटिनलाई अमेरिकी राष्ट्रपतिका दाबेदार साण्डर्सको चेतावनी



एजेन्सी, १० फागुन । अमेरिकी राष्ट्रपतिका दाबेदारमध्येका बनी साण्डर्सले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति चुनावमा हस्तक्षेप नगर्न भन्दै पुटिनलाई चेतावनी दिएका छन् ।

ट्रम्पलाई पुटिनले सघाउन खोजिरहेको विषय बाहिर आइरहँदा साण्डर्सको पछिल्लो भनाई सार्वजनिक भएको हो । खुफिया समुदायले अमेरिकी चुनावी अभियानमा रुसले हस्तक्षेप गर्न खोजेको सूचना पाएको भन्दै साण्डर्सले आफू राष्ट्रपति निर्वाचित भएमा ट्रम्पले कहिले पनि हस्तक्षेप गर्न नसक्ने बताए । उनले शुक्रबार क्यालिफोनिर्यामा बोल्दै यस्तो बताएका हुन् ।

साण्डर्स अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्रयाटिक पार्टीबाट उम्मेदवार बन्न लागिपरेका छन् । उनी यसअघि हिलारी क्लिन्टनसँग पराजित भई अन्तिम अवस्थामा चुनावी दौडबाट बाहिरिएका थिए । सन् २०१६ को राष्ट्रपति निर्वाचनमा रुसले हस्तक्षेप गरी ट्रम्पलाई सघाएको विषय बाहिर आएको थियो ।-Photo Source: Reuters



प्रतिक्रिया दिनुहोस्