Logo

भ्रमण वर्षको अवसरमा भरतपुर कार ¥याली आयोजना



चितवन, १० फागुन : भ्रमण वर्षको अवसरमा भरतपुर घुम्ने निम्तो दिँदै भरतपुर महानगरपालिकाले आज कार ¥यालीको आयोजना गरेको छ । भरतपुरबाट लुम्बिनीसम्म कार ¥यालीको आयोजना गरिएको हो । नारायणी नदी किनारमा चितवन क्षेत्र नं.२ का प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोख्रेल, प्रदेशसभा सदस्य घनश्याम दाहाल, विजय सुवेदी र महानगर प्रमुख रेनु दाहालले संयुक्तरुपमा ¥यालीको शुभारम्भ गरेका हुन् ।

¥यालीमा १५४ कार सहभागी भएका प्रमुख दाहालका प्रेस सल्लाहाकार सुरेशचन्द्र अधिकारीले जानकारी दिए । ¥यालीमा सहभागीलाई लुम्बिनी सांस्कृतिक नगरपालिकाले स्वागत गर्ने छ । ¥यालीलाई गैँडाकोट नगरपालिका, बुटवल उपमहानगरपालिका लगायतका स्थानीय तहले स्वागत गरेका थिए ।

महानगर प्रमुख दाहालले लुम्बिनी घुम्न आउने पर्यटकलाई भरतपुर महानगरका पर्यटकीय गन्तव्यमा आकर्षण गर्ने उद्देश्यले प्रचारप्रसार गर्न ¥यालीको आयोजना गरिएको जानकारी दिए । ¥यालीमा जनप्रतिनिधि, उद्योगि व्यवसायी, पत्रकार, पर्यटन व्यवसायीलगायत पाँच सयभन्दा बढिको सहभागिता रहेको जनाइएको छ ।

महानगरभित्र २९ मुख्य पर्यटकीय गन्तव्य पहिचान गरिएको छ । मेघौली, पटिहानी, बीसहजारी ताल, देवघाटधाम, ज्ञानेश्वरब्लक र नारायणी नदीबीच मोडेल तथा चौकी डाँडा महानगरका प्रमुख सात केन्द्र रहेका छन् । सङ्घीय सरकारको १०० गन्तव्यमा सूचीकृत बीसहजारी ताल, पटिहानी तथा बागमती प्रदेश सरकारको १० पर्यटकीय गन्तव्यमध्ये सूचीकृत मेघौंली पनि महानगरभित्रै पर्दछ ।

महानगरले पर्यटन प्रबद्र्धनका लागि चालु आर्थिक वर्षमा ३२ कार्यक्रम गर्ने योजना बनाएकामध्ये हालसम्म १० कार्यक्रम सम्पन्न भइसकेका प्रमुख दाहालले जानकारी दिए। भ्रमण वर्षलाई लक्षित गर्दै महानगरभित्र रहेका पर्यटकीय होटलमा विशेष छुटको कार्यक्रमसमेत सुरु गरिएको छ ।रासस



प्रतिक्रिया दिनुहोस्