Logo

भारतमा १० नेपाली तीर्थयात्रीको मृत्यु



काठमाडौं, १० फागुन । नेपाली तीर्थयात्री चढेको बस भारतको तालिमनाडुमा दुर्घटना हुँदा दश जनाको निधन भएको छ । बस तामिलनाडुबाट राजस्थानतर्फ जान लाग्दा भएको दुर्घटनामा दश नेपालीको निधन भएको हो ।

सुनसरीको इटहरीबाट ३४ तीर्थयात्रीसहित भारत पुगेको बस बिहिबार राजमार्गमा गुडिंरहँदा घटना भएको थियो । घटनास्थलमै छ जनाको ज्यान गएको थियो । उपचारका क्रममा चारजनाको निधन भएको थियो ।

तलिमनाडुको कन्याकुमारीबाट उनीहरु राजस्थानतर्फ जाँदै थिए । बसलाई अम्नीबसले ठक्कर दिएको टाइम्स अफ इन्डियाले जनाएको छ । घटना हुँदा विहानको एक बजेको थियो । अम्निबस मिनिबसको बीचमा ठोक्किएको थियो ।

मृत्यु हुनेहरुमा ५६ वर्षका गोपाल तामाङ, ४६ वर्षका वीरबहादुर राई, ५० वर्षका टीकाराम चौधरी, ७० वर्षीय रसिलाल चौधरी, ६६ वर्षीया बुधनी थरुनी, ६५ वर्षीया फूलसरीदेवी चौधरी, ६५ वर्षीया मञ्जु राई, पवनलाल चौधरी, भजनलाल चौधरी र केदार चौधरी रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्