Logo

नेविसंघका नेता मनिष कुँवरको पहलमा व्लड क्यान्सर पिडित हैतना बडुवाललाई डेढ लाख सहयोग



१० फागुन : व्लड क्यान्सर पिडित हैतना बडुवाललाई बचाउन अभियान सुरुगरि डेढ लाख रुपैया संकलन गरिएको छ । दैलेखकी हैतना बडुवाललाई व्लड क्यान्सरबाट बचाउन धनगढीमा संकलन अभियानबाट करिब डेढ लाख रुपैया संकलन गरिएको हो ।

जिल्लाको आठबीस नगरपालिका ३ की १४ बर्षिया हैतना बडुवाललाई धनगढी जेसिजका उपाध्यक्ष तथा नेविसंघ कैलाली बहुमुखी क्याम्पस नेता मनिष कुँवरको नेतृत्वमा १ लाख ४८ हजार २ सय ६१ संकलन भएको जनाइएको छ । आर्थिक अभावका कारण कसैले पनि ज्यान गुमान नपरोस भन्ने उदेश्यले आफुले बडुवाललाई बचाउनका लागी धनगढीमा आर्थिक अभियान संकलन सुरु गरिएको जनाइएको छ ।

हैतनालाई जिवन रक्षाका लागि आफुले धनगढीमा हैतना बडुवाल बचाउ अभियान सुरु गरि सो रकम उठाउन सफल भएको बताएका हुन । आजनै सो रकमा व्लड क्यान्सर पिडित हैतना बडुवाललाई बुझाईएको धनगढी जेसिजका उपाध्यक्ष तथा नेबिसंघ कैलाली बहुमुखी क्याम्पस नेता मनिष कुँवरले बताए । हाल हैतना बडुवाल त्रिभुवन शिक्षण अस्पताल, काठमाण्डौँमा उपचार भईरहेको छ । आ-आफ्नो क्षेत्रबाट सहयोग गरेमा वडवालको जिवन रक्षाका लागि पहल गरिदिन उनले सबैमा आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्