Logo

“उज्यालोका मालीहरू” बजारमा



काठमाडौं, १० फागुन । एघार युवा कविका ११० कविताको सङ्ग्रह “उज्यालोका मालीहरू” बजारमा आएको छ । साहित्यकार महेश पौड्यालद्वारा सम्पादित यस सङ्ग्रहमा झापाका निरज दाहाल, इलामका रिजन मायालु, मोरङका प्रदिप योङहाङ लिम्बू, सुन्सरीकी दिपिका खतिवडा, सर्लाहीका रेहान खान, खोटाङका मोहन सङ्ग्राम, चिनवनका शरद ऋतु, काभ्रेका अदिप अधिकारी, सिन्धुलीका अनिल खतिवडा, कास्कीका सुदर्शन पौडेल र सुर्खेतका अर्जुन आचार्यका कविता समाविष्ट छन् ।

सङ्ग्रहमा छोटा आकारका तर ओज र घनत्व बोकेका सूक्तिमय कविता समाविष्ट गरिएको सम्पादक पौड्यालले जनाएका छन् । पुस्तकलाई शिखा बुक्सले बजारमा ल्याएको हो । फागनु १० गते यस पुस्तकको विमोचन गरिने प्रकाशकले जनाएको छ । यसका लागि सबै कवि आआफ्नो जिल्लाबाट काठमाडौँ आउने व्यवस्था मिलाइएको शिखा बुक्सका प्रमुख पुष्पराज पौडेलले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्