Logo

आत्महत्या गर्न चाहेका यी बालकका लागि करोडौं संकलन



एजेन्सी, १० फागुन । अस्ट्रेलियाका ९ वर्षका बालकमाथि स्कुलमा भएको खेदोको कारण उनले आत्महत्या गर्न चाहेको भन्ने भिडियो विश्वव्यापी रुपमा भाइरल भएको छ । ९ वर्षका क्वाइडन बेयल्समाथि शारीरिक अवस्थालाई लिएर खेदो भएको हो ।

क्वाइडन रोइरहेको भिडियो उनकी आमा याराका बेयल्सले अनलाइनमा पोस्ट गरेकी हुन् । उक्त भिडियो क्लिप विश्वव्यापी रुपमा भाइरल भएको छ । उनको शारीरिक स्वरुपकै कारण खेदो खनिएको हो । उनको कद कम भएको कारण उनलाई साथीहरुले स्कुलमा खेदो खन्ने गर्छन । उनमा ड्वारफिजम भनिने स्वास्थ्य समस्या रहेको छ ।

याराकाले भिडियोमा भनेकी छिन, ‘बुलिङ्गले यस्तो गर्छ ।’ भिडियोमा रोइरहेका उनका छोरा क्वाइडनले आफ्नो जीवन अन्त्य गर्न चाहेको बताएका छन् ।भिडियो भाइरल भएसँगै क्वाइडनको पक्षमा सेलिब्रेटीसहित विश्वव्यापीमा रुपमा मानिसहरु उभिएका छन् । उनलाई डिज्नील्याण्ड पठाउनका लागि सहयोग संकलन गर्न थालिएको अभियानले तोकिएको भन्दा ३० गुणा बली रकम संकलन गरेको छ ।

उनलाई डिज्नील्याण्ड पठाउनका लागि १० हजार अमेरिकी डलर संकलन गर्ने लक्ष्यसहित गोफण्डमी पेजमा अभियान सुरु गरिएको थियो । तर, त्यसका लागि लक्ष्य भन्दा ३० गुणा बढी रकम संकलन भएको छ। अहिलेसम्म तीन लाख अमेरिकी डलर भन्दा बढी संकलन भएको जनाइएको छ ।

बालकका आमाले पत्रकार सम्मेलनमा भनेकी छिन्, ‘हामीले बुलीकै कारण धेरै मानिसहरुलाई गुमाएका छौँ । विभेदका कारण गुमाएका छौँ । रंगभेदका कारण गुमाएका छौँ । बुलिइङ्गका धेरै पक्षहरु छन् ।’उनले अघि भनेकी छन्, ‘हरेक अभिभावकको सबैभन्दा भयानक भय हो, सन्तान गुमाउने डर । मैंले त्यो भय हरेक दिन भोग्नु परेको छ ।’ कोष संकलन गर्ने पेजमा अहिलेसम्म १६ हजार चारसय डोनर र १ लाख ९५ हजार फलोअर रहेको छ ।



प्रतिक्रिया दिनुहोस्