Logo

नेपाल आइडलका उस्ताद प्रविन बेडुवाल संगितको शिखरतर्फ



फागुन १०, काठमाण्डौ । तेस्रो संस्करणको नेपाल आइडलमा एक यस्ता युवा प्रतिस्पर्धामा उत्रिएका छन्, जसले निर्णायकदेखि दर्शक श्रोतासम्मलाई मन्त्रमुग्ध बनाइदिएका छन् ।

बर्दियाका प्रविन बेडुवालले पछिल्लो समय नेपाल आइडलको मंचमा दिएको प्रस्तुतिले नेपाली गित संगितलाई नै जुरुक्कै उचालेको अनुभूति हुने गरेको छ ।
उ जितेर गई या हारेर गई गीत गाउँदा जज कालिप्रसाद बास्कोटा झण्डै पागल भएका थिए । अर्की जज इन्दिरा जोशीले आङ नै सिरिङ्ग भएको प्रतिक्रिया दिइन् ।

के भूल भयो प्रिया गाउँदा उनै बास्कोटाले उस्तादको संज्ञा दिएका थिए । गेस्ट जज जेम्स प्रधानले प्रविनले गाएको सुन्न पाउँदा आफ्नो दिन राम्रो भएको प्रतिक्रिया दिएका थिए । न्यू बज्राचार्यले त सबै प्रतियोगिका लागि प्रविन चुनौति भएको भन्दै स्ट्याण्डिङ ओभियसन दिए ।

यसपटकको नेपाल आइडलमा उनले मेलोडि किङको उपाधी पाइसकेका छन् । नरेन्द्र प्यासीको के भूल भयो प्रिया बोलको गित गाउँदा होस वा भक्तराज आचार्यको यतिसम्म प्रित गरी गरी बोलको गित गाउँदा त निर्णायकहरु नतमस्तक नै भएका थिए ।

गेस्ट अतिथिको रुपमा आएका अभया सुब्बादेखि नियमित निर्णायक तीनै जनाले उभिएर सम्मान दिएका थिए । यही गित गाउँदा न्यू बज्राचार्यले त प्रविनले गित गाएको नभै तपस्या गरेको र आफूहरुलाई धर्म प्राप्ति भएको प्रतिक्रिया दिएका थिए ।

पछिल्लो श्रृखलामा प्रविनले आफूले गाउँदै आएको शैलीको गितबाट जम्प गरेर नेपथ्यको रक गित गाएका थिए । पल्ला घरका बोलको उक्त गित गाउँदा उनको प्रस्तुति पनि दमदार थियो ।

प्रविन उत्कृष्ठ १६ भित्र परेपछि पटक पटक पर्फमर अफ द डे भइसकेका छन् । वास्तवमै उनी यसपटकको नेपाल आइडल बन्न योग्य भएर देखा परेका छन् ।

प्रविनसँगै यस पटकको नेपाल आइडलको दाबेदारको रुपमा उत्कृष्ट ८ भित्र किरणकुमार भुजेल, सज्जा चौलागाई, नेशन पुन मगर, मुस्कान रानाभाट, मेघा श्रेष्ठ, केभिन ग्लान तामाङ र रचना रिमाल परेका छन् ।



प्रतिक्रिया दिनुहोस्