Logo

ला लिगामा बार्सिलोनाद्धारा ईबर पराजित, मेस्सी एक्लैले गरे चार गोल



काठमाडौं, १० फागुन । स्पेशिन ला लिगामा बार्सिलोना विजयी भएको छ । आज राति भएको खेलमा बार्सिलोनाले ईबरलाई ५ ० को फराकिलो गोल अन्तरले हराएको हो । बार्साको जितको लािग कप्तान लियोनल मेस्सी एक्लैले ४ गोल गरे ।

उनले पहिलो हाफमै ह्याटिक गरेका थिए । मेस्सीले १४, ३७, ४० र ८७ मिनेटमा गोल गरेका थिए । बार्साको लागि पाँचौं गोल भने आर्थुरले खेलको ८९ औं मिनेटमा गरेका थिए ।

यो जीतसँगै बार्सिलोना लिगको शीर्ष स्थानमा उक्लिएको छ । २५ खेलबाट बार्सिलोनाले ५५ अंक जोडेको छ । तर, एक खेल कम खेलेको रियल मडिडको ५३ अंक छ । रियलले आजै लेभान्तेसँग खेल्दैछ । यो खेलमा उसले जीत हाँसिल गरे उ पूनः लिगको शीर्ष स्थानमा उक्लिनेछ ।



प्रतिक्रिया दिनुहोस्