Logo

प्रधानमन्त्री ओली ब्याक भए, एमसीसी अब संशोधनसहित अघि बढाउने



काठमाडौं, १० फागुन । एमसीसी अब जस्ताको त्यस्तै पारित नहुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीपनि यसलाई परिमार्जन वा संशोधनसहित अघि बढाउन राजी भएका छन् । आज बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले यसबारे पार्टीले जे निर्णय गर्छ त्यही मान्य हुने बताएका छन् । एमसीसीसम्बन्धी नेकपाले गठन गरेको कार्यदलले हिजोमात्रै प्रतिवेदन अध्यक्षद्धय ओली र पुष्पकमल दाहाललाई बुझाएको थियो । त्यसको भोलिपल्ट आज अपरान्ह बसेको सचिवालय बैठकमा उक्त प्रतिवेदनबारे छलफल भएको थियो ।

कार्यदलका संयोजक झलनाथ खनालले पत्रकार ऋषि धमलालाई दिएको जानकारी अनुसार प्रधानमन्त्री ओली पनि अब पार्टीले गरेको निर्णयअनुसार एमसीसी अघि बढाउन सहमत भएका छन् । यसअघि प्रधानमन्त्री ओलीले एमसीसी पारित गर्न ढिलाई भैरहेको बताउँदै आएका थिए । तर, नेकपाको कार्यदलले सुझावसहित प्रतिवेदन पेश गरेपछि भने उनी पूर्ववर्ती अडानबाट ब्याक भएका छन् ।

एमसीसी सम्झौता कतिपय प्रावधानहरु नेपालको हितमा नभएको भन्दै यसअघि पार्टीभित्रैबाट आवाज उठेपछि काठमाडामौं गत माघमा बसेको दोस्रो पूर्ण बैठकले यस सम्बन्धी थप अध्ययन तथा अनुशन्धान गर्नको लागि खनालको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलले २० दिन लगाएर प्रतिवेदन तयार पारेको छ । उक्त कार्यदलमा प्रदीप ज्ञवाली र भीम रावल छन् । file photo



प्रतिक्रिया दिनुहोस्