Logo

फागुन १० देखि १६ गतेसम्मको राशिफल



काठमाडौं, १० फागुन । फागुन १० गतेदेखि आगामी १६ गतेसम्मको यो साताको राशिफल यस्तो छ :

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । साथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । मेहनतीहरूका लागि दिनहरू बढी फलदायी रहनेछ । जुक्ति तथा बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ भने शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन चैँ खर्च हुनसक्छ । यो साताका लागि शुभअङ्क १,६ र शुभरङ्ग रातो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

यो साता भाग्यले विभिन्न अवसर जुराउनेछ । रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । एकपछि अर्को अवसर आउनाले मनपनि प्रसन्न रहनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । मध्य अनावश्यक ठाउँमा धन खर्च होला । यो साताका लागि शुभअङ्क ४,८ र शुभरङ्ग सेतो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शनगरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

यो साता यात्राको अवसरसँगै चुनौतीहरूसमेत सामना गर्नुपर्ने हुन सक्छ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । नाक तथा घाँटीमा समस्या आउला । मंगलबार पछिका दिनमा सहजता महसुस होला । शुभकार्यको चर्चा चल्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । यो साताका लागि शुभअङ्क ३,९ र शुभरङ्ग हरियो वा पहेंलो हो । कुनै शुभकर्म गर्नु अघि विष्णुजीको आरधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

यो साता सामाजिक कार्यमा मन जानेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । विभिन्न कार्यक्रममा नेतृत्वदायक भूमिका निर्वाह गर्न पाइनेछ । टाढा रहेका साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुनेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा रहला । यो साताका लागि शुभअङ्क १,२ र शुभरङ्ग घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शन गर्नाले अधिक सफलता मिल्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

यो साता शुभकार्यको चर्चा चल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । सजिलै अरुको बिश्वास जित्न सकिनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । लक्ष्मीजीको कृपाको योग परेकोले अर्थलाभ हुनेछ । यो साताका लागि शुभअङ्क १,९ र शुभरङ्ग गुलाबी वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

यो साता शुभ समाचार सुन्न पाइएला । चिताएको कामले तीव्रता लिनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । अकस्मात धन सम्पत्ति हात पर्नेछ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिनेछ । वैदेशिक वा कूटनीतिक नियोगको काम अघी बढ्नेछ । यो साताका लागि शुभअङ्क ३,७ र शुभरङ्ग रातो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको दर्शनगरी कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

यो साता मनमा दुविधा उत्पन्न होला । काम विगार्नेको सक्रियता रहने देखिन्छ । आर्थिक कारोवारमा मन्दी आउनेछ । मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । सौन्दर्यतामा धन खर्चपनि हुनेछ । मध्य सातामा प्रतीक्षा गरिएको काम पूरा हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । यो साताका लागि शुभअङ्क ३,६ र शुभरङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

यो साता शुभारम्भको चर्चा चल्नेछ । धार्मिक, रमणीय र सुखद् यात्राको योग छ । स्वजनबाट सहयोग मिल्ने र सुख शान्ति एवम् समृद्धि बढ्ने र मान सम्मान पाइनेछ । साताको मध्यमा आर्थिक कारोवारमा मन्दी आउनेछ । मन खिन्न हुने स्थिति आउनेछ । यो साताका लागि शुभअङ्क २,७ र शुभरङ्ग पहेँलो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

यो साता लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको समय छ । नयाँ व्यक्ति संग भेटघाटको मौका बन्नेछ । साहित्यिक क्षेत्रमापनि रुची बढ्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । अतिथिको रूपमा सत्कार पाइएला । आर्थिक क्षेत्रमापनि ठीकै सफलता मिल्ला । यो साताका लागि शुभअङ्क १,५ र शुभरङ्ग सेतो वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको आरधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

यो साता रोकिएका काम पुनः सुरु हुन सक्छन् । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । ठुला व्यक्तिले तपाइको मेहनतको प्रसंसा गर्नेछन् । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । रमाइलो गर्ने अवस्था आउन सक्छ । कसैकसैको बसाइ सराइ हुनसक्छ । धार्मिक कार्यमा मन लगाउँदा राम्रो हुनेछ । यो साताका लागि शुभअङ्क ५,९ र शुभरङ्ग घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको स्मरण गरी आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

यो साता गरेका काममा पनि ढिलासुस्ती हुने देखिन्छ । अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च हुनेछ । घर परिवारमा झै–झमेलाको अवस्था आउला । साताको उत्तरार्ध बाट कतै घुम्न जाने आकस्मिक योजना बन्न सक्छ । साझेदारीको कर्यबाट राम्रो प्रतिफल प्राप्त मिल्नेछ । यो साताका लागि शुभअङ्क ४,८ र शुभरङ्ग सेतो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

यो साता बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ । घरमा अतिथीको आगमन हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । धार्मिक यात्राको योगपनि छ । साताको अन्त्यमा पारिवारभित्र तथा स्वजन र छिमेकीसँग असमझदारी बढ्नसक्नेछ । यो साताका लागि शुभअङ्क ३,८ र शुभरङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महालक्ष्मीजीको दर्शनगरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ । स्रोत : हाम्रो पात्रो 



प्रतिक्रिया दिनुहोस्