Logo

विजयप्रकाश मिश्रले बोली फेरे : प्रधानमन्त्री ओलीलाई मैले अडियो दिएकै छैन् (भिडियोसहित)



काठमाडौं, १० फागुन । गोकुल प्रसाद बाँस्कोटाको ७० करोडको कमिशन डिलको अडियो प्रकरण बाहिर ल्याएका विजय प्रकाश मिश्रले आफूले उक्त अडियो प्रधानमन्त्री केपी शर्मा ओलीलाई नदिएको भन्दै आफ्नो बोली फेरेका छन् । यसअघि आफूले डेढ महिना अघि नै उक्त अडियो प्रधानमन्त्री ओलीलाई दिएको बताएका मिश्रले बोली फेरेका छन् । आफू स्विस कम्पनीको एजेन्ट नभएको पनि उनले जिकिर गरे । यो प्रकरणमा नेपालस्थित् स्विट्जरल्याण्ड दूतावासलाई मुछ्न खोजिएको भन्दै उनले यसमा पनि आफ्नो दुःख व्यक्त गरेका छन् ।

आज राति ८ बजे प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । मिश्रले आफूले ५ अर्बभन्दा बढिको हुन लागेको भ्रष्टाचार रोकेको दाबी गरे । उनले भ्रष्टाचारविरोधी गाडी सिंहदरबार प्रवेश गरेको सुनाए ।

आफूले निवर्तमान सञ्चारमन्त्री बाँस्कोटाको अडियो रेकर्ड नियोजित रुपमा नगरेको समेत मिश्रले जिकिर गरे । मन्त्रीलाई भेट्नुपूर्व आफूले त्यहाँ ठूलो ठूलो राजनीति गफ गर्ने व्यक्ति को रहेछ ? भनेर भिडियो गरेको र त्यतिनै बेला आफू मन्त्रीसँग भेट्न जानु परेकोले रेकर्ड बन्द नभएको र त्यही बेलामा बाँस्कोटाको अडियो रेकर्ड भएको उनको जिकिर छ ।



प्रतिक्रिया दिनुहोस्