Logo

सांसद पाठकसँग जापानी पिआर भएको विजयप्रकाश मिश्रको आरोप, छानबिन गर्न माग (भिडियोसहित)



काठमाडौं, ११ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रतिनिधिसभा सदस्य डा. सूर्य पाठकमाथि जापानको पिआरधारी भएको आरोप लागेको छ । गोकुल प्रसाद बाँस्कोटाको कमिशनको अडियो बाहिर ल्याएका विजय प्रकाश मिश्रले सांसद पाठकमाथि यस्तो आरोप लगाएका हुन् । शनिबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । मिश्रले पाठकसँग जापानी पिआर रहेको कुरा आफूले थाहा पाएको बताउँदै यसबारेमा सरकारले छानबिन गर्नुपर्ने समेत माग गरे ।

“हेर्नुहोस विशेष अन्तर्वार्ता” :



प्रतिक्रिया दिनुहोस्