Logo

उपसभामुखको निर्वाचनबारे अन्यौल कायमै



काठमाडौं, फागुन ११ । रिक्त रहेको उपसभामुखको निर्वाचन कहिले हुने भन्ने बारे अन्यौल कायमै रहेको छ । सभामुखको गाँठो फुकाउन उपसभामुख डा। शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिएर मन्त्री बनिसक्दा पनि उपसभामुख भने कसलाई बनाउने भन्ने बारे निणर्य नै हुन सकेको छैन् ।

हाल कानुनमन्त्री रहेकी तुम्बाहाङ्फेले गत ६ माघमा पदबाट राजीनामा दिएकी थिइन् ।संविधानमा सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने व्यवस्थाका कारण नेकपाले उनलाई राजीनामा गराएर आफ्नो दलबाट नै सभामुखमा अग्नि सापकोटालाई निर्वाचित गरेको थियो ।

फरक दलको व्यक्तिलाई उपसभामुख बनाउने विषयमा भने नेकपाले राजनीतिक सहमतिको बाटो रोजेको छ । राष्ट्रियसभा निर्वाचनमा सहकार्य गरेको राष्ट्रिय जनता पार्टी राजपालाई सरकारमा सहभागी गराउने र उपसभामुख बनाउने नेकपाको प्रस्ताव राजपाले अस्वीकार गर्दा उपसभामुखको निर्वाचन अन्योलमा परेको हो ।

संविधानको धारा ९१ मा सभामुख र उपसभामुखको चयन गरिने व्यवस्था छ । सो धाराको उपधारा १ मा प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यहरूले आफूमध्येबाट प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन गर्ने उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्