Logo

सरकार काण्डैकाण्डमा मुछियो – कोइराला



काठमाडौँ, ११ फागुन । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले वर्तमान सरकार भ्रष्टाचारमा डुबेको पुष्टि भइसकेकोले अब सरकार चलाउने नैतिकता नै नभएको बताएका छन् ।

नेपाल प्रेस बाँकेले शनिबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले बालुवाटार प्रकरणपछि सेक्युररिटी प्रिन्टिङ्ग प्रेस काण्डमा सरकार सञ्चालन गर्ने व्यक्रिकै संलग्नता भएपछि राजीनामा दिएर अनुसन्धानको बाटो खोलिदिनु पर्ने सुझाव दिए । (देशान्तर साप्ताहिकबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot