Logo

कोरोना भाइरसको संक्रमणले दक्षिण कोरिया, इरान र इटाली समस्यामा



एजेन्सी, ११ फागुन । कोरोना भाइरसको संक्रमणले दक्षिण कोरिया, इरान र इटालीमा मानिसहरुको ज्यान गएको छ । यसले ती देशहरुको आर्थिक र सामाजिक जीवनमा समेत असर पारेको छ ।

इरानले संक्रमित क्षेत्रहरुका विद्यालयहरु बन्द घोषणा गरेको छ । इरानमा छ जनाको कोरोना भाइरसबाट ज्यान गइसकेको छ । इटालीमा पनि संक्रमणबाट दुईजनाको ज्यान गएको छ । संक्रमित क्षेत्रहरुमा विशेष निगरानी गरी बन्द गरिएको छ ।

दक्षिण कोरियामा पनि कोरोना भाइरसको संक्रमण फैलिएको छ । त्यसले त्यहाँ त्रास उत्पन्न हुनुका साथै जनजीवन प्रभावित भएको छ । चीनबाट दुई महिना अघि फैलिएको कोरोना भाइरसबाट विश्वभर मर्नेको संख्या २५ सघ नाघिसकेको छ । यसले विश्वभर त्रास फैलिएको छ ।



प्रतिक्रिया दिनुहोस्