Logo

विजयप्रकाश र सांसद सूर्य पाठकबीच जुहारी



काठमाडौं, ११ फागुन । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा तत्कालिन सञ्चारमन्त्री गोकुल बाँस्कोटासँगको अडियो टेप बाहिर ल्याएर चर्चामा आएका विजयप्रकाश मिश्र एकपछि अर्को सनसनीपूर्ण खुलासाहरु गरेका छन् । उनले लेखासमितिका सदस्यहरुलाई समेत विवादमा तानेका छन् ।

कमिशनको खेलमा लेखासमितिका सदस्यहरुलाई समेत पोलेपछि नयाँ घटनाक्रम विकास भइसकेको छ । लेखा समितिकै सदस्य डा. सूर्य पाठकले विजयप्रकाशलाई प्रमाणसहित समितिका सदस्यहरु प्रकरणमा संलग्न भएको खुलाउन चुनौती दिएका छन् । उनले विजयप्रकाशमाथि कारबाहीको चेतावनी समेत दिएका छन् ।

आफूविरुद्ध पाठक लागिपरेको भन्दै विजयप्रकाशले उनलाई जापानको पीआरधारी भनेका छन् । पाठकसँग जापानको पीआर भएको खुलाएपछि नयाँ विवाद उत्पन्न भएको छ ।



प्रतिक्रिया दिनुहोस्