Logo

सलमान खानको हत्या योजनाको खुलासा



मुम्बई, फागुन ११ । बलिउड अभिनेता सलमान खानलाई मार्ने योजनाको खुलासा भएको छ । उनको हत्याको लागि सुपारी लिएका गुण्डा नाइके भुरा भनिने रवि मलिक पक्राउ परेपछि उनको हत्याको योजना सार्वजनिक भएको हो ।

राजस्थानका कुख्यात शुटर रविले सन् २०१८ मा अभिनेता खानको हत्याको लागि सुपारी लिएका थिए ।भारतीय सञ्चार माध्ययमहरुका अनुसार सलमान खानलाई उनकै घरको बरण्डामा मार्ने योजना बिफल भएको जनाइएको छ । सलमान खान प्रायः सुरक्षागार्डविना आफ्ना प्रशंसकहरुसँग कुराकानी गर्न बरण्डामा आउने समयमा सम्पतले सजिल्यै मार्न सकिने सोचमा थिए ।एजेन्सी



प्रतिक्रिया दिनुहोस्