Logo

प्रधानमन्त्री ओलीले यसरी मनाए बर्थ डे



काठमाडौं, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बर्थडे मनाइरहेका छन् । उनले बर्थ डे केक काटिसकेका छन् । श्रीमती राधिका शाक्यससँगै बसेर उनले बर्थ डे केक काटे ।

६९ औं वर्ष प्रवेश गरेका ओलीलाई विहानै जन्मदिनको शुभकामना दिन उपप्रधानमन्त्री ईश्वर पोखरेल बालुवाटार पुगे । उनले रातो गुलाफको माला लगाइदिए ।
नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङ पनि विहानै पुगेर ओलीलाई सेतो माला लगाइदिए । नेम्वाङ ओलीका विश्वासपात्र हुन् । ओलीलाई शुभकामना दिन उनका शुभचिन्तक, आफन्त र सल्लाहकारहरु विहानै बालुवाटार पुगे । सबैसँग ओलीले सामूहिक तस्बिर समेत खिचाए ।

ओली आजै आफ्नो जन्मघर आठ राई पुग्ने कार्यक्रम रहेको छ । त्यहाँ विकास निर्माणका आयोजना शिलान्यास र उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

Photo Credit: Surya Thapa



प्रतिक्रिया दिनुहोस्